स्याङ्जाको आईसोलेशनबाट भागेका कोरोना संक्रमित पक्राउ ।

स्याङ्जा :
स्याङ्जाको भीरकोट स्थित कालिका सामुदायिक अस्पतालको आईसोलेशनबाट भागेका एक जना कोरोना संक्रमितलाई प्रहरीले पुन पक्राउ गरेको छ ।
पशुपंक्षी सम्वन्धी कसुर अन्तर्गत गौबध मुद्धामा पुर्पक्षका लागि कारागारमा रहेकै बेलामा संक्रमित भएका अर्जुनचौपारी ४ का ३० बर्षका ती पुरुषलाई हेलु स्थित आईसोलेशनमा राखिएको थियो । उनी बिहिबार बिहान आाईसोलेशनको झ्याल फोडेर भागेका थिए ।
उनलाई पुतलीबजार नगरपालिका वडा नम्वर १३ लामपाटामा लुकेर बसेको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रवक्ता राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो ।
स्याङ्जाको आइसोलेसनबाट एक संक्रमित भागे ।
समाचार
थप सामाग्री
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी
१ हप्ता अगाडि
वालिङ : स्याङजाकोे गल्याङमा रहेको मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्विरोध चयन भएको छ । क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको…