‘सडक बालक’ सन्दर्भ बाल दिवस ।
कमला अधिकारी :
उघारिन अलमलिएका मेरा शैशव आँखा
गाँठो पारी मिल्क्यायौ दुधेबालक पाखा
जवानिको उन्मातले बरालेको तिम्रो मन
झुटो मान बचाउँन सडकैमा छाड्यौ झन
मेरो शिर बनेको छ दुनिँयाको बाटो
भोक लाग्दा तृष्णा मेट्ने यहि धर्ती माटो
दान सम्झी मन्दिरमा चढाईन्छ कोहि
अश्रुँधारा थामिदैनन् सागर बन्छ रोई
म खान्छु भोक खोजी तिमी स्वाद रोजि
सडकमा फालिएका टुक्रा टाक्री खोजी
किन यति भिन्नता छ हामी मानव बिच?
यदि सबै एकै भए ब्यवहार किन निच?
अधिकारका कुरा गर्छौ फहराई झन्डा
तिरस्कृत गरि छाड्यौ यहि भयो दन्ड
मन्दिर हाम्रो आत्मा थियो पुजारी नि आँफै
जन्मसङै् खोसिएको थियो मेरो काख
तालु पोल्ने घाम,अनि लकलकाउदो शीत
गोधुलिमा मेरो रुवाई तिम्रो लागि गीत
कामना नै गर्छौ भने फेर्देउ मेरो वस्त्र
दिवसमा अधिकारलाई नबनाई अस्त्र
गर्भ भित्रै दबाएर मिल्क्याईन्छन कोहि
जन्म पछि तितरवितर भएका छन रोई
लुकिछिपी श्रम गर्छन भोको पेट पाल्न
नियम मिची जान्छन अझै करणिलाई फाल्न
-वालिङ् ७ केवरे भञ्ज्याङ् ,स्याङ्जा
समाचार
थप सामाग्री-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
-
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
-
वालिङमा सुरु भयो ‘कृषि एम्बुलेन्स’ सेवा
-
बि.पी. विचार गोष्ठी एवम काव्य उत्सव- २०८३ सम्पन्न
खेम सारुमगर र गोपाल जिटीलाई कञ्चन पत्रकरिता पुरस्कार
४ हप्ता अगाडि
पोखरा : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकीद्वारा सञ्चालित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८३’ खेम सारुमगर (कास्की) र गोपाल जिटी (स्याङ्जा)…


