‘सडक बालक’ सन्दर्भ बाल दिवस ।

कमला अधिकारी :
उघारिन अलमलिएका मेरा शैशव आँखा
गाँठो पारी मिल्क्यायौ दुधेबालक पाखा
जवानिको उन्मातले बरालेको तिम्रो मन
झुटो मान बचाउँन सडकैमा छाड्यौ झन
मेरो शिर बनेको छ दुनिँयाको बाटो
भोक लाग्दा तृष्णा मेट्ने यहि धर्ती माटो
दान सम्झी मन्दिरमा चढाईन्छ कोहि
अश्रुँधारा थामिदैनन् सागर बन्छ रोई
म खान्छु भोक खोजी तिमी स्वाद रोजि
सडकमा फालिएका टुक्रा टाक्री खोजी
किन यति भिन्नता छ हामी मानव बिच?
यदि सबै एकै भए ब्यवहार किन निच?
अधिकारका कुरा गर्छौ फहराई झन्डा
तिरस्कृत गरि छाड्यौ यहि भयो दन्ड
मन्दिर हाम्रो आत्मा थियो पुजारी नि आँफै
जन्मसङै् खोसिएको थियो मेरो काख
तालु पोल्ने घाम,अनि लकलकाउदो शीत
गोधुलिमा मेरो रुवाई तिम्रो लागि गीत
कामना नै गर्छौ भने फेर्देउ मेरो वस्त्र
दिवसमा अधिकारलाई नबनाई अस्त्र
गर्भ भित्रै दबाएर मिल्क्याईन्छन कोहि
जन्म पछि तितरवितर भएका छन रोई
लुकिछिपी श्रम गर्छन भोको पेट पाल्न
नियम मिची जान्छन अझै करणिलाई फाल्न
-वालिङ् ७ केवरे भञ्ज्याङ् ,स्याङ्जा
समाचार
थप सामाग्री-
प्रथम पिङ्क सिटि महोत्सव : भलिबलको सेमिफाइनल समिकरण पूरा
-
दमक र वालिङ उद्योग वाणिज्य संघले वालिङमा मनाए होली मिलन कार्यक्रम
-
सर्जक सम्मान तथा अग्रज स्रष्टाहरूको फोटो प्रदर्शनी कार्यक्रम सम्पन्न ।
-
नवग्रह मन्दिरबाट साढे ७७ लाख बढी भेटी संकलन
-
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी

स्याङ्जा पत्रकार समाजका अध्यक्ष रिजाललाई पितृ शोक ।
५ दिन अगाडि
वालिङ : स्याङ्जा पत्रकार समाजका केन्द्रीय अध्यक्ष ईन्द्र रिजाललाई पितृ शोक परेको छ । पत्रकार रिजालका बुवा डिल्लीराज रिजालको ८१…