गरिमा बिकास बैंकले दियो सवारी ऋणिका लागि एक महिनाको व्याजमा छुट ।
स्याङजा :
गरिमा बिकास बैंक मार्फत “हायर पर्चेज” शीर्षकमा ऋण लिएका ऋणिहरुलाई असार महिनाको व्याजमा पूर्ण छुट दिएको छ । कोभिड १९ का कारण सवारी साधान चलाउन नपाएर मारमा परेका व्यवशायीहरुलाई राहत पुर्याउने उद्श्येले बैंकले एक महिनाको व्याजमा पूर्ण छुट गरेको जनाएको छ । राष्ट्र बैंकको निर्देशन अनुशार बैसाख, जेष्ठ र असार महिनाको व्याजमा दिईएको २ प्रतिशतको छुट बाहेक पनि बैंकले व्यवशायीका लागि थप छुटको व्यवस्था गरेको बैंक प्रमुख कार्यकारी अधिकृत गोबिन्दप्रसाद ढकालले जानकारी दिनुभयो ।
यात्रुबाहक कालो नम्वर प्लेटका सवारी साधन तथा हरियो नम्वर प्लेटका सवारी साधन खरिदका लागि प्रवाह गरेको ऋणमा छुट दिईएको अधिकृत ढकालले बताउनु भयो ।
उक्त शीर्षकमा ऋण लिएका सेवाग्राहीहरुलाई असार मसान्त भित्र सम्वन्धित शाखामा सम्पर्क गर्न आग्रह गरिएको बैंकले जनाएको छ ।
बैंकको यो निर्णयले हायर पर्चेज शीर्षकमा कर्जा सुविधा उपभोग गर्ने सम्पूर्ण सेवाग्राहीलाई थोरै भए पनि राहत महसुस हुने बैंकले विश्वास लिएको छ।
.

समाचार
थप सामाग्री
प्रधानमन्त्री बालेनलाई स्याङ्जा–२ का सांसद झविलालले कुन-कुन विषयमा गराए ध्यानाकर्षण !
७ दिन अगाडि
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद झविलाल डुम्रेले सिद्धार्थ राजमार्गको स्तरोन्नतीको विषयलाई प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग राखेका…


