गण्डकी प्रदेशमा थपिए १६ जना सङ्क्रमित ।

Gandaki_Pradesh

स्याङ्जा :
गण्डकी प्रदेशमा आज १६ जनामा कोरोना सङ्क्रमण थपिएकाछन् । गण्डकीका ४ जिल्लामा नयाँ सङ्क्रमित थपिएका हुन ।
नयाँ थपिनेमा कास्कीका सबै भन्दा धेरैछन् । कास्कीको पोखरा महानगरपालिकाका १० जना र मादि गाँउपालिकाका एक महिला सहित ३ जना थपिएका हुन्
त्यस्तै बाग्लुङ,तनहुँ र म्याग्दीमा एक/एक जना थपिएका हुन् ।
सङ्क्रमित सबैलाई आईसोलेसनमा राखिएको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक एवं प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता बिनोद बिन्दु शर्माले जानकारी दिनुभयो ।
गण्डकी प्रदेशका कोरोना सङक्रमित एक हजार एक सय २९ मध्ये ३ सय ५३ जना निको भएर घर फर्किएका छन । गण्डकी प्रदेशमा ४ जना सङ्क्रमितको मृत्यु भएको छ ।

यस्तो छ गण्डकी प्रदेशमा कोरोनाको अवस्था : निर्देशक डा.विनोद विन्दु शर्मा

.

Facebook Comments Box
TOP