स्याङ्जा सहित गण्डकी प्रदेशमा थपिए ८ सङ्क्रमित
स्याङ्जा :
स्याङ्जा सहित गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गण्डकीका ४ जिल्लामा नयाँ सङ्क्रमित थपिएका हुन ।
नयाँ थपिनेमा स्याङ्जाका २ जना,बाग्लुङ १ जना, तनहुँका ३ जना र पर्बतका २ जना रहेकाछन् । स्याङ्जामा थपिनेहरुमा कालिगण्डकीका १ पुरुष र वालिङका १ पुरुष रहेकाछन् ।
सङ्क्रमित सबैलाई आईसोलेसनमा लैजाने तयारी भईरहेको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक एवं प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता बिनोद बिन्दु शर्माले जानकारी दिनुभयो ।
गण्डकी प्रदेशका कोरोना सङक्रमित एक हजार १४ मध्ये २ सय १४ जना निको भएर घर फर्किएका छन । गण्डकी प्रदेशमा २ जना सङ्क्रमितको मृत्यु भईसकेको छ ।
समाचार
थप सामाग्री
उत्कृष्ट मावि सम्मानबाट वालिङकाे आदर्श मावि सम्मानित
२ महिना अगाडि
काठमाडौं : स्याङ्जाको वालिङ–८, भीमटारीस्थित श्री नेपाल आदर्श माध्यमिक विद्यालय राष्ट्रिय स्तरको “उत्कृष्ट माध्यमिक विद्यालय सम्मान–२०८३” बाट सम्मानित भएको छ।…


