गण्डकी प्रदेश थप एक जना कोरोना संक्रमितको मृत्यु

गण्डकी प्रदेश थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
कोरोना संक्रमण भएर गोरखा अस्पतालको आइसोलेसनमा राखिएका ४४ वर्षे पुरुषको शनिबार बिहान मृत्यु भएको जिल्ला अस्पताल गोरखाले जनाएको छ । उनलाई शुक्रबार राति मात्र काेराेना पुष्टि भएकाे थियाे । ती पुरुष पालुङटार नगरपालिका ७ का बासिन्दा हुन् ।
लामो समयदेखि सुगरका बिरामी ती पुरुषमा कडा खालको निमोनियाको समस्या समेत देखिएको गोरखा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा नवीन थापाले बताउनु भयाे ।
असार १६ गते कतारबाट आएका गोरखा पालुङटार नगरपालिकाका ती पुरुषमा स्वास्थ्य समस्या देखिएपछि जिल्ला अस्पतालको आइसोलेनमा लगिएको थियो । पालुङटारस्थित जीवनज्योति माविको क्वारेन्टिनमा बसेका उनलाई लगातार खोकी लागेपछि कोरोना परीक्षण गरिएको थियो ।
गोरखामा पहिलो पटक संक्रमितको उपचारको क्रममा मृत्यु भएको हो ।
योसँगै गण्डकीका ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्याङ्जाका ५८ र ५५ वर्षे कोरोना संक्रमित पुरुषको यसअघि नै मृत्यु भइसकेको छ ।
.

समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…