घरभाडा छुट दिने घर धनीलाई वालिङ उद्योग बाणिज्य संघले गर्यो सम्मान


आँधीखोला खबर :

वालिङ उद्योग वाणिज्य संघले लकडाउनको बेला घरभाडा छुट दिने धरधनीलाई सम्मान गरेको छ । संघले घरभाडामा छुट दिने १७ जना घरधनीहरुलाई सम्मान गरेको हो ।
सम्मान कार्यक्रममा बोल्दै संघका अध्यक्ष शोभाकान्त पौडेलले विश्वव्यापी रुपमा फैलिएको कोभिड –१९ को महामारी एवम् लामोे बन्दाबन्दीको कारण उद्योगी व्यापारी व्यवसायीहरुलाई आर्थिक रुपमा ठूलो नोक्सानी व्यहोर्नु परेको बताउनु भयो ।
वालिङमा पनि घरधनीले व्यापारीका लागि छुट दिने क्रम चलेको भन्दै जसले मारमा परेका व्यापारीलाई ठुलो सहयोग पुगेको बताउनु भयो । उहाँले अन्य घरधनीहरुलाई पनि भाडामा छुट दिन आग्रह गर्नु भयो ।
नेपाल सरकारले समेत केही समय अगाडि नै घरभाडामा छुट दिन देशव्यापी रुपमा आव्हान गरेको स्मरण गर्दै अध्यक्ष पौडेलले भन्नुभयो,अरु बेला हामीले सहयोग गर्छौं अहिले घरधनीले सहयोग गरिदिनु पर्यो ।
कोभिड–१९ को महामारीका कारण प्रभावित उद्योगी व्यापारी व्यवसायीको पक्षमा संघले निरन्तर काम गरिरहेको भन्दै अध्यक्ष पौडेलले राहत वितरण, बैंक तथा वित्तीय संस्थाहरुसँगको अन्तरक्रिया, विमा कम्पनीहरुसँगको अन्तरक्रिया लगायत दैनिक उपभोग्य वस्तु र अत्यावश्यक वस्तुहरुको निर्वाध आपूर्ति व्यवस्थाका लागि स्थानीय सरकार, प्रशासनसँग मिलेर काम गरेको बताउनु भयो ।
उक्त कार्यक्रममा बोल्दै सम्मानित घरधनी हेमप्रसाद गैह्रेले यो सङ्कटको अवस्थामा उद्योगी व्यापारी व्यवसायीहरुलाई स्वेच्छिक सहयोगको रुपमा घरभाडामा छुट दिएकोे बताउनु भयो ।

.


संघका अध्यक्ष शोभाकान्त पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव केशरबहादुर खाँण (ध्रुब) ले गर्नुभएको थियो भने कार्यक्रममा संघका पदाधिकारी तथा सदस्य, महिला उद्यमी, सञ्चारकर्मी लगायत उद्योगी व्यापारी व्यवसायीको उपस्थिति रहेको थियो ।
यसैबीच कोभिड–१९ का कारण हुनसक्ने क्षतिलाई मध्यनजर गर्दै विमाको कार्यक्रमलाई अगाडि सारिएको र विमा सुविधा लिनका लागि उद्योग वाणिज्य संघका सदस्यहरुले आर्थिक बर्ष २०७७÷०७८ सम्मको सदस्यता नवीकरण गर्नुहुन समेत अनुरोध गर्नुभएको छ ।

.


वालिङमा घर छुट दिने घरधनीहरु (उद्योग बाणिज्य संघका अनुशार)
चुनमाया गुरुङ वालिङ १, रामबाच्छा
नौबहादुर गुरुङ वालिङ १, रामबाच्छा
सुमन गुरुङ वालिङ १, रामबाच्छा
छलीमाया गुरुङ वालिङ १, रामबाच्छा
दलबहादुर गुरुङ वालिङ १, रामबाच्छा
क्या.रुकबहादुर गुरुङ वालिङ १, रामबाच्छा
पदमराज गुरुङ वालिङ १, रामबाच्छा
नमु मस्राङ्गी मगर वालिङ १, रामबाच्छा
चौ बहादुर गुरुङ वालिङ १, रामबाच्छा
हेमप्रसाद गैह्रे वालिङ १३, झोलुङ्गे
श्यामप्रसाद डुम्रे वालिङ १३, झोलुङ्गे
खुमा अर्याल वालिङ ८
पदमबहादुर खत्री वालिङ १
निलकण्ठ भट्टराई वालिङ ९
सेवाकुमारी गुरुङ वालिङ १, रामबाच्छा
मञ्जु के.सी. वालिङ १०
शम्भु अर्याल वालिङ ६

Facebook Comments Box
TOP