स्याङ्जामा थपिए दुई महिला सहित १० जना संक्रमित,जिल्लामा संक्रमितको संख्या ८६
स्याङ्जा :
स्याङ्जामा एक महिला सहित १० जना संक्रमित थपिएकाछन् । यो सँगै जिल्लामा संक्रमितको संख्या ८६ पुगेको छ ।
आज चापाकोट नगरपालिकाका ६ जना थपिएकाछन् । जसमा १८,२१,२१,२१ र ३३ बर्षका पुरुष र ३० बर्षकी महिला रहेकीछन् । त्यस्तै गल्याङ नगरपालिकाकामा १ महिला सहित ४ जना थपिएकाछन् । नयाँ संक्रमितमा २०,२६ र ४६ बर्षका पुरुष र ४५ बर्षका महिला रहेकाछन् ।
उनीहरुसबै भारतबाट आई क्वारेन्टीनमा बसिररहेका प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।
स्याङ्जाका ८६ जना संक्रमित मध्ये ८ जना निको भएर घर फर्किएकाछन् भने १ जनाको निधन भएको छ । जिल्लाको फेदीखोला गाँउपालिका बाहेक सबै पालिकामा संक्रमित फेला परिसकेकाछन् ।
स्याङ्जामा अहिले सम्म पुष्टी भएका संक्रमित मध्ये गल्याङका २ जना बाहेक सबै भारतबाट आएका बताईएको छ ।
समाचार
थप सामाग्री-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
-
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
-
वालिङमा सुरु भयो ‘कृषि एम्बुलेन्स’ सेवा
बि.पी. विचार गोष्ठी एवम काव्य उत्सव- २०८३ सम्पन्न
१ महिना अगाडि
स्याङ्जा : युगीन विचार, अभिव्यक्ति तथा लेखकीय स्वतन्त्रताप्रति प्रतिबद्ध सिर्जनशील नेपाली स्रष्टाहरुको गौरवशाली साझा संस्थाको रूपमा स्थापित नेपाली लेखक संघ…


