हाम्रो S.E.E
कमला अधिकारी सिग्देल :
नेपालीमा लेखौँला है कोरोनाको कहर
लकडाउन खुलेपछी ठिक्क डुल्न शहर।
गणितमा कत्ति पनि हुने छैन केरेको
रातभर आउला याद हिन्दी फिल्म हेरेको।।
S.E.E त हाम्रो लागि हुने भयो कमाल
सामाजिक मा लेख्ने होला हेलो राजेश हमाल।।
कर्णधार हौं भनी ,पढ्थ्याैं हुँदा नानी
प्रतिकुल भयो सबै भयौं पानी पानी।।
घरमै लक भए पछि यसै हुन्छौं पास
आमा बाऊको सेवा गरे ( A+) को आश।।
जङ्गल पनि धायाैँ हजुर काट्न भनी घाँस
घरायसी ज्ञान बढ्यो किताबको नाश ।।
बहिनीलाई काख च्यापी हेरेका छौं भाई
कोरोनाले लग्यो ज्ञान के लेखौला दाइ?
अन्न पानी महँगो भो आधा पेट खाई
कोरोनाले सखाप पार्यो हामी सबैलाई ।।
भबिष्य नैं डामाडोल हुने भयो साथी
स्कुल पढ्न किच किच गर्थ्याैं माती माती।।
झिलिमिलि भयो मन के लेखौँला खै ?
कोरोनालाई धपाउँ छिटो एकजुट भै।।।
अधिकारी बाल सिद्ध मा.बि वालिङ ,७ केवरे भञ्ज्याङ् ,स्याङ्जामा शिक्षक रहनु भएकाे छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


