हाम्रो S.E.E

कमला अधिकारी सिग्देल :

नेपालीमा लेखौँला है कोरोनाको कहर

लकडाउन खुलेपछी ठिक्क डुल्न शहर।

गणितमा कत्ति पनि हुने छैन केरेको

रातभर आउला याद हिन्दी फिल्म हेरेको।।

S.E.E त हाम्रो लागि हुने भयो कमाल

सामाजिक मा लेख्ने होला हेलो राजेश हमाल।।

कर्णधार हौं भनी ,पढ्थ्याैं हुँदा नानी

प्रतिकुल भयो सबै भयौं पानी पानी।।

घरमै लक भए पछि यसै हुन्छौं पास

आमा बाऊको सेवा गरे ( A+) को आश।।

जङ्गल पनि धायाैँ हजुर काट्न भनी घाँस

घरायसी ज्ञान बढ्यो किताबको नाश ।।

बहिनीलाई काख च्यापी हेरेका छौं भाई

कोरोनाले लग्यो ज्ञान के लेखौला दाइ?

अन्न पानी महँगो भो आधा पेट खाई

कोरोनाले सखाप पार्यो हामी सबैलाई ।।

भबिष्य नैं डामाडोल हुने भयो साथी

स्कुल पढ्न किच किच गर्थ्याैं माती माती।।

झिलिमिलि भयो मन के लेखौँला खै ?

कोरोनालाई धपाउँ छिटो एकजुट भै।।।

अधिकारी बाल सिद्ध मा.बि वालिङ ,७ केवरे भञ्ज्याङ् ,स्याङ्जामा शिक्षक रहनु भएकाे छ ।

Facebook Comments Box
TOP