२४ घण्टामा थप ४५१ जनामा कोरोना संक्रमण, ६२११ पुगे संक्रमित

नेपालमा कोरोना संक्रमित ४ सय ५१ जना थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा ४ सय ५१ जना संक्रमित थपिएको सोमबार जानकारी दिइएको हो।यीमध्ये ३५ जना महिला हुन् भने ४ सय १६ जना पुरुष छन्।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले १ हजार ४१ जना डिस्चार्ज भएको बताउनु भयाे ।
आज थपिएकासहित नेपालमा संक्रमितको संख्या ६ हजार २ सय ११ पुगेको प्रवक्ता डा गौतमले जानकारी दिनुभयाे ।
प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका ७३ जिल्लामा संक्रमण देखिएको छ। नेपालमा शनिबारसम्म १९ जनाको भने कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ।
समाचार
थप सामाग्री
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी
१ हप्ता अगाडि
वालिङ : स्याङजाकोे गल्याङमा रहेको मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्विरोध चयन भएको छ । क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको…