गण्डकी प्रदेशमा कोरोना जित्नेहरु १० पुगे

पोखरा : गण्डकी प्रदेशअन्तर्गत स्याङ्जा,बागलुङ र लमजुङ गरी हालसम्म १० जना कोरोना संक्रमित बिरामी उपचारपछि डिस्चार्ज भएका छन् । आइसोलेसन वार्डमा रही उपचाररतमध्ये बुधबार ७ जनाको रिपोर्ट नेगेटिभ आएपछि सम्बन्धित अस्पतालले डिस्चार्ज गरेको हो ।
स्याङ्जा गल्याङ नगरपालिकाका २ र वालिङ नगरपालिकाका १ जना छन् । गल्याङका ती पुरुषमा १८ जेठमा कोरोना पुष्टि भएको थियो ।
यस्तै, वालिङका ती संक्रमितलाई १३ जेठमा कोरोना पुष्टि भएको थियो । आइसोलेसन बार्डमा खटिएका स्वास्थ्यकर्मीले २२ जेठमा उनीहरुको पुनः स्वाब कलेक्सन गरी पीसीआर चेजका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रयोगशालामा पठाएका थिए । स्याङ्जा जिल्ला अस्पतालमा उपचाररत जिल्लाकै पहिलो चरणको संक्रमित उनीहरुको दोस्रो रिपोर्ट नेगेटिभ आएको थियो ।
स्याङ्जाका कुल संक्रमितमध्ये पहिलो पटक ३ जनाका उपचारपछि निको भई घर फर्केका हुन् । जिल्लामा हालसम्म ३८ जना कोरोना संक्रमित छन् । तीमध्ये एकमात्र महिला छन् । उनको भीरकोटस्थित हेलुको कालिका सामुदायिक अस्पतलामा उपचार भइरहेको छ ।
उता, बागलुङमा कोरोना संक्रमित ३ जना पुरुषसमेत उपचारपछि निको भइ बुधबार नै घर फर्केका छन् । धौलागिरि अस्पतलामा उपचाररत तमानखोला गाउँपालिकाका २ जना पुरुष छन् । उनीहरु समान २७ वर्षका हुन् ।
यस्तै, बागलुङ बडीगाड गाउँपालिकाका वर्ष १९ र २० का २ जना पुरुषसमेत डिस्चार्ज भएको प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्ति जारी गरी जनाएको हो । बागलुङमा यो सहित हालसम्म ६ जना बिरामी उपचारपछि निको भएका छन् । यसअघि नेपालमै पाँचौं र छैटौं संक्रमित भनिएका महिला (वर्ष १९ र ६५) वैशाख पहिलो साता उपचारपछि घर फर्केका थिए । बागलुङमा हालसम्म ४० जना कोरोना संक्रमित भेटिएका हुन् ।
उता, दुई साताअघि लमजुङका एक जना संक्रमित उपचारपछि निको भएका हुन् । गण्डकीमा हालसम्म १ सय ४७ जना कोरोना संक्रमित पुगेकोमा निको भइ घर फर्किने १० जना रहेका छन् ।
गण्डकीमा बुधबार मात्रै नयाँ ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । गण्डकी प्रदेशअन्तर्गत स्याङ्जा वालिङका ५८ वर्षीय पुरुषले कोरोना संक्रमण कारण ज्यान गुमाएका छन् । राजधानी दैनिक
समाचार
थप सामाग्री-
आमा औसीको अवसरमा बुद्धाश्रममा सामग्री वितरण र गण्डकी कोटिहोममा महायज्ञको उत्साह
-
गण्डकी कोटिहोम महायज्ञ प्रचारका लागि साइकल र्याली सम्पन्न
-
व्यवहार परिवर्तनका लागि महिलाहरुलाई ‘हेफर आधारशिला’ तालिम ।
-
धार्मिक तथा सामाजिक सद्भावको सन्देश दिन पोखरामा साइकल र्याली हुने ।
-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।

सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
४ हप्ता अगाडि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारी ठगीको मुद्दा थुनामा पठाउन उच्च अदालत तुलसीपुरको बुटवल इजलासले आदेश दिएको…