आउनुस् एउछिन् स्याउँजाली भाषा सिकम् !!

कमल कोइराला :

नेपाली : कता गएका थियौ ? एकछिन यहाँ आऊ त ! तिमीसँग कुराकानी गर्न छ ।
स्याउँजाली : कता अन्भरियोथिस् र हो ? एउछिन ह्याँ मुन्टी त ! तँसँअँ बात मार्न छ ।

नेपाली : खाना खान आऊ । कि कतैबाट भोजन गरेर आइसक्यौ ?
स्याउँजाली : ढाडिन आइज । कि तेरी आँवैकाँड तीन थाल हसुरेर आइसकिस् ?

नेपाली : छोराछोरीले पटक्कै भनेको मान्दैनन् ।
स्याउँजाली : यी उपद्रयाहरूले ठनक्कै भन्यो मान्दाएन् गाँठे ।

नेपाली : विस्तारै हिँडे पनि समयमै पुगिन्छ । धेरै हतार गर्नुपर्दैन ।
स्याउँजाली : आस्ते–आस्ते हिने नि भन्यो बेलियैँ पुइन्च भो । कति आत्तुरी अरेर हिन्न पर्याे छ र हो ?

नेपाली : घरका पाल्तु जनावरले गर्दा हिजोआज फुर्सद नै पाइँदैन ।
स्याउँजाली : गोठाँ पालेया यी डियाँडाँअरले हिजाज एउछिन बसेर सास फेर्न दिँदाएन् ।

नेपाली : त्यो सामान किन दिएका थियौ त नि तिनलाई ?
स्याउँजाली : तो जिनिस कस्को कन्नो अर्न दियोथिस् त नि ठास्नीलाई ?

नेपाली : कसम ! मैले ढाँटेको छैन ।
स्याउँजाली : आमाओ पोइ ! सत्तेसत्ते धरोधर्म ! मैले ढाँट्या भा आजओ रातै काट्न नपाम् !

नेपाली : तिनी अहिलेसम्म स्कुलबाट आएका छैनन् ?
स्याउँजाली : हैन त्यस जिमराज यस बेलासअन् अझै स्कुलाड मुन्टियो छैन ?

नेपाली : छिटो धाराबाट गाग्रीमा पानी ल्याएर एक अम्खोरा लेऊ त ! साह्रै तिर्खा लाग्यो ।
स्याउँजाली : झट्टै पँधेराड गाउरियाँ पानी ल्यार एउ लोहोटा ले त ! ह्याँ आँतै सुकेर मर्नै लाइसक्कियो ।

नेपाली : तँ मरिहाल् !
स्याउँजाली : तँलाई खौलाले खानी मुर्दार !

नेपाली : लौ बर्बाद भएछ !
स्याउँजाली : मोरी जानोस् बोरु !

नेपाली : अगेनामा आगो बाल त ! खाना पकाउनुपर्याे ।
स्याउँजाली : अइनाँ आओ फुक् त ! भान्साओ सुर अर्न परो ।

नेपाली : पहाडको भन्ज्याङबाट सिधै तेर्साे बाटो हिँडेर गएपछि उसका घरमै पुगिन्छ ।
स्याउँजाली : डाँडाओ भन्जिङआड दाएँबाएँ नअरी तर्पाएँ–तर्पाएँ हिनेर गएसि ठक्रक्कै उसैया आउनाँ पुइन्च ।

नेपाली : हाम्रा घरमा आज भगवान्को पूजा छ ।
स्याउँजाली : हाउराँ घराँ आज देईदेउताओ आँचापूजा र धूपधुँवार अर्नी कार्जेक्रम छ ।

नेपाली : अरू कुरा आगामी वर्ष छलफल गरौँला ।
स्याउँजाली : अपुर् कुराओ बारेयाँ आएसाल दअलफसल अरम्ला ।

नेपाली : डाँडामा घर हुने ठूला हजुरबुबाको त बेलायती पेन्सन छ । हिजोआज आनन्दले बसेर खाएका छन् ।
स्याउँजाली : डाँडारे ठूल्जिबाओ त मल्याको फौजी पिल्सिङ छ । हिजाज आनन्नले बसेर हाइसन्चो खाअहन !

नेपाली : घरमा आएपछि त्यसलाई ठीक पार्नुपर्ने छ ।
स्याउँजाली : ह्याँ घराँ मत्रै मुन्टियोस् त ! हे एई डोरीले तेस्का दुडै हातखुट्टा खामाँ बानेर हरेलो नअरी त के छोड्दाहम् !

नेपाली : आजभोलि घरमा छोराछोरी धेरै बिग्रन थाले । के गर्ने होला ?
स्याउँजाली : आजोलि घराँ भका सप्पै केटाटीजति ओहोरै उपद्रयाहा भअर निस्कन थाले । जातिबिती अर्नी यी साइँधुवाहर्लाई क्यार्नी होला गाँठे ?

नेपाली : तल्ला घरका माहिला त बिरामी भएर ओछ्यान परेका रहेछन् । भेटेर आएको हुँ ।
स्याउँजाली : तल्लारे माइलो त आँताँ रोउ लाअर बनाइको भअर बिचरा पिँडीओ ओच्छिनाँ फाल्लियो रैच । यसो एउआखर बोलार आको हुम् ।😉🙄 © कमल कोइराला

Facebook Comments Box
TOP