त्रिलोकसंग मर्जपछि बनेको सूर्योदयले गर्यो एकिकृत कारोवार सुरु

भवानी अधिकारी /स्याङ्जा:
स्याङजाको सूर्योदय र नवलपरासीको त्रिलोक लघुबित्त एकआपसमा गाभिएपछि बनेको सूर्योदय लघुबित्त बित्तिय संस्था लिमिटेडले शनिवारदेखि एकिकृत कारोवार संचालनसुरु गरेको छ ।
पुतलीबजार नगरपालिका १ मा रहेको केन्द्रिय कार्यालय सुर्योदय लघुबित्त बित्तीय संस्था र नवलपरासीको सुनवलमा रहेको त्रिलोक लघुबित्त मर्ज भएपछि एकिकृत कारोवार शनिवारदेखि शुभारम्भ गरेको यहाँ कार्यक्रम आयोजनागरी घोषणा गरेका हुन ।
घोषणासभामा बोल्दै संस्थाका अध्यक्ष लेखनाथ खनियाले मर्जरबाट दुबै संस्थालाई लाभ हुने बताउदै केही प्राबिधिक समस्या आइपरेमा सामुहिक छलफलद्धारा नै निकास दिने बताउनुभयो । दुबै बित्तिय संस्थाका लक्ष्य र उदेश्य एकै भएका कारण मर्जमा पुगेको वताउदै एकताले सबैको मन जित्न सकिनेमा जोड दिनुभयो ।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत मोक्षप्रसाद पंगेनीले बोनस शेयर सहित झण्डैं १५ करोड ६० लाख चुक्ता पुजी रहेकोे सुर्योदय र करिब ६ करोड चुक्ता पुँजी रहेको त्रिलोक एक आपसमा गाभिएको जानकारी गराउनुभयो । उहाले मर्जरपछि २१ करोड ५० लाख चुक्ता पुँजी पुगेको छ । बिभिन्न बैंक तथा बित्तिय संस्थाबाट १ अरब ९० लाख ५२ हजार कर्जा रकम लिइएको र सदस्यबाट बचत १ अरब १ करोड रहेको बताउनुभयो ।
दुबै बित्तीइ संस्था गाभिएपछि संस्थाको अध्यक्ष पद त्रिलोकका लेखनाथ खनियाले पाउनुभएको छ भने प्रमुख कार्यकारी अधिकृत सुर्योदयका मोक्षप्रसाद पंगेनी हुनु भएको छ । प्रधान कार्यालय भने हाल पुतलीबजार नगरपालिका १ मा नै रहने र संस्थाको नाम भने सूर्योदय राखिएको छ । साथै, लेखनाथ खनियाको अध्यक्षतामा शरद अधिकारी, गुणाखर सापकोटा, अनन्तकुमार श्रेष्ठ, दुर्गाबहादुर शाह, नारायण पौडेल र तारा शर्मा रहनेगरी संचालक समिति समेत चयन भएको छ ।
२०७० मा पुतलीबजार नगरपालिका १ मा प्रधान कार्यालय बनाई राष्ट्र बैकबाट घ बर्गको इजाजत प्राप्त सूर्योदय लघुबित्त हो भने त्रिलोक २०७४ सालमा स्थापित हो । सूर्योदय २३ जिल्लागरी ५० शाखाबाट सेवारत छ भने त्रिलोकले १० जिल्लामा १५ शाखाबाट सेवा गर्दे आएको थियो ।
मर्जपछिको संस्थाको प्रदेश ४, ५ र ६ मा गरी ३३ जिल्लामा ६५ शाखा कार्यालय र ३ सय ३६ जना कर्मचारी कार्यरत छन । सूर्योदय लघुबित्तका अध्यक्ष अनन्तकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संचालक गुणाखर सापकोटाले स्वागत एवं शाखा प्रमुख सुर्य पौडेलले संचालन गर्नुभएको थियो ।
समाचार
थप सामाग्री
वालिङमा तमु भाषा खेमा लिपि प्रशिक्षण
२ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङमा तमु भाषा सम्बन्धी ३ दिनको प्रशिक्षण शुरु भएको छ । तमु ह्युल छोज धिं गुरुङ राष्ट्रिय…