स्मार्ट सिटी वालिङ : वास्तविकता, क्रियाकलाप र भबिश्य ।
खुमकान्त अर्याल :
स्मार्ट भनेको एक होनाहार व्यक्तित्व, जो सुन्दर,विद्वान,स्वस्थ्य फुर्तिलो तथा दृढ आत्म विश्वासी छ उसैलाई भनेको होला भनेर वुझिने गरिन्थ्यो । आजकल प्रविधि र पुर्वाधारमा भएका परिवर्तन संगै यो शव्द व्यक्तिमा सीमित नरहेर वस्तुमा,स्थानमा र सेवामा पनि प्रयोग गर्ने प्रचलन व्यापक रुपमा वढ्ने क्रममा छ । व्यक्ति स्मार्ट,फोन स्मार्ट,कार्ड स्मार्ट हुदै गाँउ र शहरलाई पनि स्मार्ट शव्द जोडेर यसको चर्चा चल्ने क्रम हाल वढी रहेको छ ।
व्यक्ति स्मार्ट हुनको लागि कस्तो हुनुपर्ला भनेर माथि भनिए जस्तै अहिले चर्चामा रहेको स्मार्ट सिटी कस्तो होला भन्ने विषयमा सर्वसाधारणको वीचमा छलफल तथा जिज्ञासा हुनु स्वाभाविक नै हो । स्मार्ट सिटी भनेको चिल्लो सडक र अग्ला घरहरु भएको राम्रो शहर होला भन्ने अडकल गर्ने गरेको थियौं । तर अहिले स्मार्ट सिटीको अवधारणाको रुपमा भएका विकासका नमुनाहरु हेर्दा स्मार्ट सिटीको ठ्याक्कै एउटा परिभाषा गर्ने अवस्था भएको देखिदैन । जनताको जीवनस्तर,श्रोत साधनको उपलव्धता त्यँहाको हावापानी, माटोको अवस्था अनुसार स्मार्ट सिटीका अवधारणाहरु पनि फरक फरक भएको देखिन्छ । जे होस स्मार्ट सिटी भनेको सुचना प्रविधिले युक्त भएको एक आधुनिक शहर जँहा पर्याप्त पानी,विजुलीको सुविधा, विद्युतीय शुसासन, आम शहरवासीलाई सुचना प्रविधीको पहुँच,सामाजिक सुरक्षा, स्मार्ट व्यवस्थापन तथा स्मार्ट प्रविधिवाटै आकस्मिक समस्याको समाधान सहितको,स्वस्थ्य, समावेशी र सम्वृद्द नागरिक भएको स्वच्छ शहरको रुपमा वुझ्न थालिएको छ ।
अङरेजीमा S को अर्थ स्पेसिफिक भनेको कुनै निश्चित क्षेत्रको विकासकोलागि निश्चित गरिएको आवधिक कार्य योजनाहो । M भनेको मिजरेवल अथवा कती मात्राको कार्य कती समय सम्म भन्ने हो । A को एटेनेवल अर्थात वास्तविक प्राप्त गरीने उपलव्धी ,R, अर्थात रियालिस्टिक भनेको विश्वासिलो र यथार्थमा आधारित प्रतिफल उपलव्ध गरीने योजना भन्ने हो T को टाइम वाउण्ड यानिकी कुन समय सीमा सम्म काम सम्पन्न हुनेछ भनिएको हुदा यो एक विस्तृत आवधिक कार्य योजना को संकल्पना हो । अर्को अर्थमा यो यती वैज्ञानिक योजनाहो जो पुरा भएर छाड्ने छ ।सन्सारका धेरै मुलुकका शहरहरुमा वसाई सराई लागाएतका कारणवाट शहरहरुको व्यवस्था जटिल र अव्यवस्थित हुदै गएको सन्दर्भमा स्मार्ट सुत्र वाट सहरको पुनरसंरचना वा नयाँ शहर निर्माण गरी किफायती तथा सामाजिक समावेशी र सुविधा प्रदत्त आधुनिक स्मार्ट सहरको विकास गर्ने पहिलो प्रयास सन २०११ ताका युरोपमा गरिएको थियो । युरोपमा भएको यो प्रयासवाट सयौं शहरहरु स्मार्ट भएको हुँदा भारत र चीनले पनि आफ्ना निश्चित सहरहरूलाई स्मार्ट सिटीको रुपमा विकास गर्ने अभियानको थालनी गरी सफल भएकोले यस खालको शहरी विकास आयोजनाको सुरुवात नेपालमा पनि भएको छ ।
स्मार्ट सिटीको रुपमा विकास गर्नको लागि पहिलो समुहमा छानिएका नेपालका १० सहरहरु मध्ये वालिङ पनि एक हो । स्थानीय तहको चुनाव अगाडि देखिनै प्रस्तावित भैसकेको यो कार्यक्रमको कार्यान्वयन चुनाववाट निर्वाचित नेतृत्ववाट गतिमान हुने अपेक्षा गरिएकोले स्मार्ट सिटीको कार्यक्रम सञ्चालन कँहा सम्म पुगेको छ भनेर जनस्तरवाट चासो राख्न थालेको देखिनुलाई सकारात्मक नै मान्नु पर्ने हुन्छ । वालिङवासी नागरिकको चाहनालाई मध्येनजर गर्दै वालिङ नगरपालिकाले सरकारको निर्देशिका, दीगोविकासका लक्षहरु र वालिङ नगरपालिकाको हावा,पानी,माटो,श्रोत,साधन तथा जन आकाँक्षा समेतलाई आधार वनाएर स्मार्ट अवधारणा पत्र तय गरी अगाडि वढी रहेको छ ।
“स्मार्ट सिटी निर्माणको लागि पुँजीको ठुलो रकम आवस्यक पर्ने हुँदा यसको लागि संघीय तथा प्रदेश सरकार संग श्रोतको लागि अनुरोध गरिनुका साथै न.पा.को पहलमा विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय सघ संस्थाहरु संग सहकार्यको लागि पहल भए अनुसार विशेषगरी डि.पि.आर निर्माण तथा आर्थिक विकासको लागि कृषि तथा पशुपालन र सहकारी विकासको क्षेत्रमा सहयोग जुट्ने क्रम जारी रहनुको साथै थप लगानी कर्ताहरुको सम्पर्क गर्ने कार्य भैरहेको छ ।”
नगरपालिकाले मुख्यतया स्मार्ट सिटीको लागि चार वटा विषय लाई खम्वाको रुपमा स्वीकार गरी त्यसभित्र सुचना , पुर्वाधारका अवयवहरु तथा सामाजिक र आर्थिक कृयाकलाप समेटेर आधार स्तम्भहरुको विकास गर्नुपर्ने गरी सुचकहरु निर्धारण गरेको छ :
- स्मार्ट पुर्वाधार : यस भित्र सडक,खा.पा.सिंचाई,यातायात,फोहरमैला व्यवस्थापन, भु उपयोग, सुचना प्रविधि र पुर्वाधारको विकास गरी सर्वसाधारणको पहुच सम्म पुरयाउने र पुर्वाधारमा लेसर जडान गर्ने लक्ष समेत किटान गरिएको छ ।
- स्मार्ट शुसासन : डिजिटल तथ्याँक विवरण, घर नक्साँकन, कर तथा शुल्कको भुक्तानीको लागि लाईन लागेर होइन मोवाइल एप्सवाट घरवाटै भुक्तानी गर्ने सुविधा र वडा तथा न.पा. कार्यालयवाट दिने सेवा अनलाईन मार्फत र पेपरलेस गरी सेवा प्रदान गर्ने लक्ष छ ।
- स्मार्ट अर्थतन्त्र : एक गाँउ एक उत्पादन , एक गाँउ एक सहकारी मार्फत प्रशस्त स्वरोजगारी श्रृजना, स्थानीय उत्पादन विक्री गर्ने कम्पनीको स्थापना,कृषकको लागि सहुलीयत, प्राविधिकको समुचित व्यवस्था तथा अनुदान दिने, नयाँ उध्योग स्थापना गर्ने र पतन्जली योग ग्रामको स्थापना गरी धेरैलाई रोजगारीको व्यवस्था गर्ने लक्ष निर्धारण भएको छ ।
- स्मार्ट नागरिक वा जनता : संचालित विद्यालयहरुलाई प्राविधिक शिक्षालयमा रुपान्तरण गरी दक्ष प्राविधिकको उत्पादन गर्ने, विभिन्न साधनहरुमा, घरमा सेन्सर प्रयोग गर्ने, इनोभेसन ल्याव जडान गर्ने ,विपद व्यवस्थापन तथा अन्य सहरी घटनाहरुमा ड्रोन तथा सि.सी क्यामर प्रयोग गरी शहरलाई प्रविधि मैत्री वनाउने स्मार्ट समाधानको सुनिश्चित गर्ने कामका सूचिहरुको निर्धारण गरिएको छ ।
यसरी चार खम्वाको
आधारको साथै प्रविधि, श्रोत
साधन, सेवाको
उपयोग, फोहोर
मैलाको व्यवस्थापन पुन प्रयोग , पर्यावरण संरक्षण, जनताको उत्सुकता, समावेशीता समेतमा ३०
वटा घटकहरुको १०६ वटा सूचक तयारी गरी १००० अंक भार किटान भई सोही सूचक भित्र रहेर
सेवा प्रदान गर्ने अभ्यास सुरु पनि भैसकेको छ ।
आँधीखोला
करीडोर निर्माण, सि
सिद्दार्थ.राजमार्ग फराकिलो गराउने कार्य तथा वसपार्क निर्माणको तयारी स्मार्ट
यातायात अन्तर्गतको कार्य हो भने आँधीखोलाको तटवन्धन वातावरण संरक्षण र क्यानोनिङ, वोटिङ पर्यटन
पुर्वाधारको आधारहरु मध्येको कामहरु हुन् । यसै गरी वडा वडाका वार्षिक
कार्यक्रमहरु पनि स्मार्ट पुर्वाधारको लक्ष अन्तर्गत रहेर गरिदैछ । घर नक्सांकन, तथ्याँक संकलन,र वडा तथा नगरपालिका
वाट केही कामहरु अनलाईन वाट सेवा दिने कार्यारम्भ पनि भएको छ ।
न.पा.भवनमा इनोभेशसन सेण्टर स्थापना गरी साधारण तालीम सञ्चालन भैरहेको छ । स्मार्ट नगरको वृहत गुरु योजना निर्माणको काम हाल एशिएन फाउण्डेशनको सहयोगमा वन्दै रहेकोले अहिले सम्मका कामहरु घर वनाउनको लागि जमीन मुनी जग पुर्ने जस्तै आधारभूत काम भएकोले काम नदेखिएको जस्तो पनि हुन सक्छ तर यसको परिणाम तथा फरकपन केही समयवाट देखिनेछ ।
स्मार्ट सिटी निर्माणको यो अभियान सम्पन्न गर्नको लागि नगरपालिकाले राजनैतिक एैक्यवद्यता,संघीय तथा प्रदेश सरकारहरु संग सहयोगको लागि नियमित माग र आग्रह, राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ संस्थाको समन्वय तथा सम्पर्क विस्तार, विभिन्न स्तरमा छलफल, सुपरीवेक्षण तथा मुल्याँकनलाई कार्यान्वयनको प्रमुख आधार मानेर तत्सम्वन्धमा प्रयत्नशील रहेको र सो सम्वन्धी सकारात्मक वातावरण श्रृजना गर्न लागिपरेको छ ।
स्मार्ट सिटीको वारेमा विभिन्न चरणमा छलफल र अन्तरकृया भैसकेको भएता पनि यो विषयमा जनस्तरमा कौतुहल वाँकी रहेको पाईएको हुदा अझै एक दुई पटक नागरिक समाज,पत्रकार,स्थानीय संघ संस्थाहरु,वुद्दीजिवी,व्यापारीका वीच अन्तरक्रिया गरी नागरिकको सुझाव लिने कार्य गर्न आवस्यक देखिएको छ । वालिङ घर भई देश विदेशको महत्वपुर्ण सेवामा संलग्न व्यक्तित्वहरुको भरपुर उपयोगको लागि सहयोगको अनुरोध गर्ने, कर्मचारी संयन्त्रलाई प्रोत्साहित गर्ने, अधिकतम रुपमा निजी क्षेत्रको उपयोग गर्ने वातावरण निर्माण गर्ने, प्रदेश तथा संघीय सरकारको क्षेत्रगत वजेटहरुलाई पनि स्मार्ट योजना अन्तर्गत स्थानीयकरण गर्ने, वालिङ स्थित सवै वित्तीय संस्थाहरुलाई स्मार्ट अवधारणालाई मद्दत पुग्ने गरी लगानी गर्न सहमत गराउने, नियमित अनुदानको अतिरिक्त स्मार्ट विशेष वजेट सहयोगको लागि प्रदेश तथा संघीय सरकारहरु संग जीरह र आग्रह दोहेर्याईरहने हो भने र नागरिकले पनि स्मार्ट वन्ने संकल्प गरेमाआधुनिक सुविधा युक्त स्मार्ट वलिङ वनाउने संकल्प अवश्य पुरा हुने छ । सुरु भइसकेको स्मार्ट वालिङ निर्माणको काम चाँडो सम्पन्न होस, अभियान संचालन गर्ने अभिभारा काँधमा लिएको वालिङ कार्यपालिका. परिवारलार्ई पुर्ण सफलता मिलोस, हार्दिक शुभकामना ।
लेखक अर्याल वालिङ नगरपालिकामा अधिकृत पदमा कार्यरत हुनुहुन्छ ।
समाचार
थप सामाग्रीवालिङका १८६ विद्यार्थीलाई वृत्ति मार्गनिर्देशन
६ दिन अगाडि
सुशील सुवेदी/स्याङ्जा पछिल्लो समय विद्यार्थीहरुमा भविष्यको अन्यौलता बढ्दै जान थालेको छ । माध्यमिक तह सम्पन्न गरेपश्चात विद्यार्थीमा भविष्यमा के गर्ने…