सरकारको ध्यान आर्थिक प्रगती तर्फ : मन्त्री अर्याल
आँधीखोला खबर / स्याङ्जा :
भुमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले सरकारको ध्यान आर्थिक प्रगती तर्फ गएको बताउनु भएको छ । भीरकोटको माछापुच्छ्रे बचत तथा सहकारी संस्थाको १२ औ बार्षिक साधारण सभा तथा पाचौ अधिबेशनको शनिबार उद्घाटन गर्दै मन्त्री अर्यालले भन्नुभया, “अब आर्थिकको क्षेत्रमा प्रगती गर्नुको बिकल्प छैन ।”
सरकारको बिकासको गतिलाई कसैले रोक्न नसक्ने बताउदै मन्त्री अर्यालले कुरालाई होइन कामलाई सरकारको पहिलो प्राथमिकता रहेको स्पष्ट पार्नु भयो ।
स्याङ्जामा बिकासको चरण शुरु भएको भन्दै मन्त्री अर्यालले भारतको सुस्ता हुदै कोरला पुग्ने रणनैतिक सडक आधिखोला करिडोरलाई भिरकोटमा जोडिएर जाने बताउनु भयो ।
लिपुलेकको समस्या छिट्टै समाधान हुने बताउदै मन्त्री अर्यालले कुटनैतिक प्रयासमा सरकार लागेको बताउनुभयो ।
सहकारीले आठ करोड ९० लाख ६२ हजार दुई सय ८१ रुपैया ६९ पैसा निक्षेप संकलन गरेको संस्थाका अध्यक्ष डोलराज ढुङ्गानाले जानकारी दिनुभयो । उहाँले नौ करोड ८४ लाख ७८ हजार ४५५ रु पैया ३३ पैसा कर्जा लगानी गर्दै एक करोड ४६ लाख ६६ हजार ३५० रुपैया ४५ आम्दानी गर्दै १७ लाख ९५ हजार ५५८ रुपैया १२ पैसा रकम आम्दानी गरेको बताउनुभयो ।
समाचार
थप सामाग्री-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
-
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
-
वालिङमा सुरु भयो ‘कृषि एम्बुलेन्स’ सेवा
-
बि.पी. विचार गोष्ठी एवम काव्य उत्सव- २०८३ सम्पन्न
खेम सारुमगर र गोपाल जिटीलाई कञ्चन पत्रकरिता पुरस्कार
४ हप्ता अगाडि
पोखरा : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकीद्वारा सञ्चालित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८३’ खेम सारुमगर (कास्की) र गोपाल जिटी (स्याङ्जा)…


