सरकारको ध्यान आर्थिक प्रगती तर्फ : मन्त्री अर्याल
आँधीखोला खबर / स्याङ्जा :
भुमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले सरकारको ध्यान आर्थिक प्रगती तर्फ गएको बताउनु भएको छ । भीरकोटको माछापुच्छ्रे बचत तथा सहकारी संस्थाको १२ औ बार्षिक साधारण सभा तथा पाचौ अधिबेशनको शनिबार उद्घाटन गर्दै मन्त्री अर्यालले भन्नुभया, “अब आर्थिकको क्षेत्रमा प्रगती गर्नुको बिकल्प छैन ।”
सरकारको बिकासको गतिलाई कसैले रोक्न नसक्ने बताउदै मन्त्री अर्यालले कुरालाई होइन कामलाई सरकारको पहिलो प्राथमिकता रहेको स्पष्ट पार्नु भयो ।
स्याङ्जामा बिकासको चरण शुरु भएको भन्दै मन्त्री अर्यालले भारतको सुस्ता हुदै कोरला पुग्ने रणनैतिक सडक आधिखोला करिडोरलाई भिरकोटमा जोडिएर जाने बताउनु भयो ।
लिपुलेकको समस्या छिट्टै समाधान हुने बताउदै मन्त्री अर्यालले कुटनैतिक प्रयासमा सरकार लागेको बताउनुभयो ।
सहकारीले आठ करोड ९० लाख ६२ हजार दुई सय ८१ रुपैया ६९ पैसा निक्षेप संकलन गरेको संस्थाका अध्यक्ष डोलराज ढुङ्गानाले जानकारी दिनुभयो । उहाँले नौ करोड ८४ लाख ७८ हजार ४५५ रु पैया ३३ पैसा कर्जा लगानी गर्दै एक करोड ४६ लाख ६६ हजार ३५० रुपैया ४५ आम्दानी गर्दै १७ लाख ९५ हजार ५५८ रुपैया १२ पैसा रकम आम्दानी गरेको बताउनुभयो ।
समाचार
थप सामाग्री
साहित्यकार अर्याल र पल्लव सम्मानित
२ हप्ता अगाडि
वालिङ: साहित्यकारहरु अनन्त अर्याल र अग्निकुमार पल्लवलाई सम्मान तथा पुरस्कृत गरिएको छ । भेषजराज साहित्य प्रतिष्ठानले स्याङ्जाको वालिङमा गरेको कार्यक्रममा…


