श्रीमानको किरिया बस्दा समेत चामल पैंचो खोज्न बाध्य मनमायाको परिवारलाई लागि झण्डै डेढ लाख नगद सहयोग ।

निशान परियार/स्याङ्जा :
स्याङ्जाको गल्याङ नगरपालिका–९ साङ्लीयाको देवलडाँडाका बुटे दमाइ भनिने स्वर्गीय भीमबहादुर परियार श्रीमती मनमायाँ परियार लाई नगद १ लाख ४७ हजार ५७ रुपैया एक कार्यक्रम का बिच हस्तान्तरण गरिएको छ ।

युवा व्यावसायी राम बहादुर बस्याल, समाजसेवी बुद्धिजिवि पत्रकार लगायतको उपस्थितिमा सो रकम हस्तान्तरण गरिएको हो । उक्त रकम गरिमा बिकास बैंक लिमिटेडमा रहेको स्वर्गीय भीमबहादुर परियारको श्रीमती मनमायाँ परियार को बैंक खाता नम्बर ००२०१९००९७९२२२६५०००००१ मा डिपोजिट गरिएको छ ।

आर्थिक अवस्था कमजोर भएका कारण किरिया बस्दा पनि छैन खान, कोरामा बसेकै बेला चामल पैंचो माग्न छिमेकीको घर विभिन्न शिर्षक मा विभिन्न अनलाइन मिडिया मार्फत समाचार प्रसारित भएको थियो । उक्त समाचार लाई आधार मानेर हाल रोजगारीको सिलसिला मलेसिया रहेका सामाजिक अभियान्ता आशिष परियार झिल्के त्यसै गरि कोरिया रहेका राम बाबू सेवनको पहलमा स्वदेश तथा बिदेश बाट उक्त रकम सङकन गरिएको होे ।
हलो जुवा बनाएर बिक्री साथै छिमेकीको घरमा हलो जोत्नुका साथै ढुंगा मुढाको काम गरेर भिमबहादुरले ७ जनाको परिवार पाल्दै आउनु भएको थियो तर उहाँको गत असोज २ गते मृत्यु भएको हो ।
घरखर्च चलाउदै आएका श्रीमानको मृत्यु भएपछि मनमायाँ समस्यामा पर्नु भएको थियो । घरमा खानेकुरा नभएपछि सेता कोरा पहिरिएर किरियामा बसेकी मनमायाँ चामल पैंचो माग्न घरभन्दा टाढा छिमेकीको घरमा समेत पुग्नु भएको हो । पुगेकी थिईन ।
समाचार
थप सामाग्री
पर्यटकीय नगरी पोखरामा आज देखि कोटीहोम विराट ज्ञान महायज्ञ शुरु
२ हप्ता अगाडि
पोखरा : पर्यटकीय नगरी पोखरामा बुधबारदेखि श्रीगण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञ शुरु भएको छ । मानव सेवा…