संस्कृत गुरुकुलमा अंग्रेजी र कम्युटर पढाई, विद्यार्थीको आकर्षण वढ्दो ।


नारायण विश्वकर्मा/गल्याङ :
लोप हुँदै गएको गुरुकुल परम्परा स्याङ्जामा भने स्थापना हुने र पठनपाठन हुने क्रम वढ्दै गएको छ ।
आफ्ना सन्तानलाई आधुनिक र प्राविधिक शिक्षा दिने होडबाजी चलिरहेको अवस्यामा यहाँ भने संस्कृत गुरुकुल तर्फ अभिभावकको चासो वढ्दै गएको हो । गल्याङ नगरपालिका–१, मालुङ्गा राम्दीमा संस्कार संस्कृति सहित आधुनिक विषयवस्तु समेत समावेस गरेर आधारभुत तह (६–८) कक्षा सम्म आवासीय गुरुकुल सञ्चालान गरिएको छ । गत वैसाख देखि पठनपाठ सुरु भएको श्री रामनदीधाम संस्कृत गुरुकुलमा विद्यार्थीलाई मुल विषय संस्कृत, व्याकरण, कर्मकाण्ड मात्र नभएर आधुनिक विषय अंग्रेजी, गणित, कम्प्युटरको पठनपाठन गराउन थाले पछि अभिभावक र विद्यार्थीको गुरुकुल तर्फ आकर्षण वढ्दै गएको हो ।
मालुङ्गा, राम्दी स्याङ्जा र पाल्पाको सिमाना हुँदै वगेको कृष्णगण्डकी नदी, पाल्पाबाट वग्दै आएका गुरु वशिष्ट र अङ्गीरा नदीको संगम स्थल पनि हो । कालीगण्डकी उत्तरवाहीनी नदी समेत भनेर चिनिने यस त्रिवेणीधाममा सञ्चालित गुरुकुल तीन रोपनी क्षेत्रफलमा फैलिएको छ । गुरुकुल पाठशाला, कार्यालय, आवास गृह, सौचालय यस गुरुकुलमा छन ।
गुरुकुल व्यवस्थापन समितिका अध्यक्ष विष्णु देवानन्द सरस्वतीले गुरुकुलीय पद्धतीमा सरकारको पुर्ण दायित्व नहुने भएकाले समुदायको सहयोगमा सञ्चालन भएको बताए । श्री हरीहर परमानन्द सन्यास आश्रम राम्दीका विठाधीस समेत रहेका देवानन्द सरस्वतीले मानिसमा आध्यात्म ज्ञान र नैतिक आचरण हराउँदै गएकाले आध्यात्म ज्ञान, नैतिक आचरण, सद्भाव, दया, माया, प्रेम, स्नेह र सद्गुण जगाउने उद्देश्य सहित गुरुकुल स्थापना गरेको बताए ।

सवै जातजाती समेट्ने गुरुकुल :
स्वर्गीय योगी नरहरीनाथले गुरुकुल स्थापना गर्ने उद्देश्य सहित २०४२ सालमा गायत्री कोटी हवन गरेको राधाकृष्ण मन्दीर राम्दीका संरक्षक पुर्ण वस्नेत (कौषिक) ले बताउनु भयो । पुरा एक महिना सम्म १०८ व्राह्मण द्धारा गरेको कोटी हवन पश्चात करिब छ महिना परम्परागत रुपमा गुरुकुल संचालन भएको उनले बताए ।
राम्दी गौशालाका संस्थापक समेत रहेका कौसिकका अनुसार जनचासो कम भएकाले र व्यवस्थापकीय कमजोरीले गुरुकुल बन्द हुन पुग्यो । नरहरीनाथको सपना साकार पार्न हाल गुरुकुल स्थापना गरेको उहाँले जानकारी दिनुभयो । ‘नेपालमा गुरुकुल धेरै भए पनि वाहुनले मात्र पढ्नुपर्छ भन्ने देखिन्छ ।’ कौसिकले भन्नुभयो, ‘सवै जातजातीले गुरुकुलीय शिक्षा समान रुपले पाउन् भनेर गुरुकुल स्थापना गरेका हौँ ।’
विद्यार्थी फर्काउनु पर्ने अवस्था :
गुरुकुलका आचार्य कृष्ण प्रसाद बस्यालले चार जना शिक्षकले कक्षा छ मा २० जना विद्यार्थी पढाउँदै आएकोे बताउनु भयो । ‘गुरुकुलमा २५ जना सम्मको आवासीय व्यवस्थापन गरिएको छ ।’ उहाँले भन्नुभयो, ‘यहाँ पढाई हुने अंग्रेजी, गणित र कम्प्युटर विषयले अभिभावक आकर्षण गरेको छ ।’ ‘आफ्ना सन्तान लिएर गुरुकुलमा भर्ना गर्न अभिभावक आउनु हुन्छ, क्षमता अभावमा फर्काउन वाध्य भएका छौँ ।’ वस्याले थप्नुभयो, ‘विद्यार्थीका लागि भोजन, स्वास्थ्य र सुरक्षा व्यवस्थापनमा सवै भन्दा धेरै चुनौती हुने रहेछ, अर्को वर्ष देखि गूरुकुलको क्षमता विकास गर्दैछौँ, यस वर्ष छुट्नु भएकालाई त्यतीवेला समेट्ने छौँ ।’
छोराको प्रगतिमा खुसि छौँ : अभिभावक
नवलपरासीको वर्दघाट नगरपालिका–१३ वुद्ध वस्तीकी यामकला वस्याल गुरुकुल पढ्दै गरेको छोरालाई भेटेपछि प्रफुल्लित मुद्रामा भेटिनुभयो । उहाँले निजि स्कुलमा वढ्दै गरेका विद्यार्थी भन्दा राम्रो आफ्नो छोरा अंग्रेजी र संस्कृत बोलेको देख्दा खुसी लागेको बताउनु भयो ।
वस्यालले भन्नुभयो ‘यहाँ पढेकाका सवै विद्यार्थी अति शिष्ट र नैतिक आचरणयुक्त रहेछन् ।’ ‘गुरुकुलको व्यवस्थापन पक्ष राम्रो रहेछ ।’ वस्यालले थप्नुभयो, ‘यहाँको वातावरणले छोरा घर जान पनि मान्दैन ।’ शुरु सुरुमा छोराको भविष्य विग्रेलाकी भन्ने डर थियो ।’ उहाँले भन्नुभयो, ‘छोटो समयमा छोराले गरेको प्रगति देख्दा राम्दीमा गुरुकुल पढाएका कोही अभिभावक डराउनु पर्दोरहेनछ भन्ने भानभयो ।’
गुरुकुल टिकाउन चुनौती :
गुरुकुलका व्यवस्थापक नन्दलाल वस्यालले स्थापना भन्दा व्यवस्थापन पक्ष जटिल भएकाले यसलाई टिकाउन चुनौती देखिएको बताउनु भयो । उहाँले हाल स्थानीय जनता र स्थानीय सरकारको सहयोगले गुरुकुलको आवास सहित शिक्षकको तलवभत्ताको व्यवस्थापन भएको बताउनु भयो । ‘गुरुकुल स्थापना गर्नु ठुलो कुरा होईन, यस्को निरन्तरता र दिगोपना प्रमुख विषय हो ।’ उहाँले भन्नुभयो, ‘गुरुकुललाई निरन्तरता दिन मुष्ठिदान र अन्नदानको कार्यक्रम लिएर स्याङ्जाका गल्याङ, वालिङ, भिरकोट, पुतलीबजार नगरपालिकामा र पाल्पाका रम्भा र वगनाशकाली गाउँपालिकामा जाँदैछौँ ।’ एक परिवारले दिनको एकमुठी आफ्नो खानाबाट छुट्टाएर गरिने दान मुष्ठिदान हो, अन्नदान महादान भएकाले धेरै जसोबाट सहयोगको प्रतिवद्धता आइसकेको छ, वस्यालको भनाई छ । ‘नगरपालिकाले तीन लाख रुपैयाँ र एक दरबन्दी शिक्षक सहयोग गरेको छ । भदौ महिनाबाट अर्को दरवन्दी शिक्षक दिने भएको छ ।’ उहाले भन्नुभयोे, ‘चार जना शिक्षकको तलब भत्तामा मासिक ५५ हजार खर्च हुन्छ, आवसीय र अन्य व्यवस्थापकिय खर्च स्नानीयले गरेका छन ।’
समाचार
थप सामाग्री
झोलुङ्गे पूललाई व्यवसायिकतामा जोडौं : नगरप्रमुख रेग्मी
६ दिन अगाडि
स्याङ्जा : पुतलीबजार नगरपालिका ८ स्थित सुन्दरखोलामा निर्माण गरिएको झोलुङ्गे पूलको शुभारम्भ गरिएको छ । पुतलीबजार नगर प्रमुख तुलसीराम रेग्मीले…