कालिकाको केन्द्र प्रमुखहरुको गोष्ठी पुतलीबजारमा सम्पन्न
आँधीखोला खवर / स्याङ्जा :
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड बाडखोला शाखा अन्तर्गत लघुवित्त कारोवार गर्ने ४६ वटा केन्द्रका केन्द्र प्रमुखहरुको वार्षिक कार्यशाला गोष्ठी सम्पन्न भएको छ । गोष्ठीमा संस्थाका सञ्चालक समिति सदस्य नित्यानन्द तिवारीले संस्थाको विविध गतिविधि बारे जानकारी गराउनु भएको थियो । कार्यक्रममा शाखाको प्रगति विवरण शाखा प्रमुख रजनी पंगेनीले प्रस्तुत गर्नु भएको थियो ।
गोष्ठीमा कर्जा तथा जोखिम व्यवस्थापन विभाग प्रमुख राजेश श्रेष्ठले वित्तीय अनुशासनको बारेमा जानकारी दिंदै संस्थाको नयाँ सेवा सुविधाहरु एवं बचत तथा कर्जाको कार्यक्रमहरुको बारेमा उपस्थितहरुलाई जानकारी दिनुभयो ।

कार्यक्रममा उठेका गुनासोहरुको संस्थाका सहायक प्रमुख कार्यकारी अधिकृत शिवराम जोशी एवं कर्जा तथा जोखिम व्यवस्थापन विभाग प्रमुख राजेश श्रेष्ठले सम्बोधन गरेका थिए । आगामी दिनमा सदस्यहरुको क्षमता तथा सीप अभिबृद्धि तथा सामाजिक र आर्थिक स्तर बढाउँदै लाने कार्यक्रमहरुलाई प्राथमिकता दिंदै जाने सहायक प्रमुख कार्यकारी अधिकृत जोशीले जनकारी दिनुभयो ।
वाडखोला शाखाको केन्द्र नं. ३० का राम कालिका महिला विकास केन्द्रका प्रमुख सुमित्रा कार्कीले हरेक क्षेत्रमा लघुवित्त संस्थाहरु बढ्दै गएको अवस्थामा सदस्यहरुले अब छान्नुपर्ने दिन आएको बताउनुभयो ।
कार्यक्रम सञ्चालन योजना तथा अनुगमन विभाग प्रमुख याम प्रसाद अर्यालले गर्नु भएको थियो ।
कार्यक्रममा शाखामा उत्कृष्ट कारोवार गरेका केन्द्रहरुलाई नगद र प्रमाणपत्र सहित पुरस्कृत गरिएको थियो भने असल सदस्यहरुलाई प्रशंसा पत्रबाट सम्मानित गरिएको थियो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


