फेदीखोला गाउँपालिकामा ४ दिने निुशल्क बृहत स्वास्थ्य शिविर सम्पन्न ।
आँधीखोला खवर/ फेदीखोला :
स्याङजाको फेदीखोला गाउँपालिकाले आफ्नो बार्षिक कार्यक्रम अनुसार विषेशज्ञ सहितको निशुल्क बृहत स्वास्थ्य शिविर सम्पन्न गरेको छ । ४ दिनसम्म चलेको शिविर गाँउपालिकाका विभिन्न ४ वटा वडामा सञ्चालन गरिएको थियो ।

आ—आफ्नै वडामा स्वास्थ्य परिक्षण गर्न पाएपछि स्थानीयवासी निक्कै उत्साहित भएकाथिए । शिविरबाट ज्येष्ठ नागरिक, बालबालिका सहित १ हजार २ सय जना प्रत्यक्ष लाभान्वित भएका गाउँपालिकाले जनाएको छ । शिविरमा नाक, कान, घाँटी, छाती, हाडजोर्नी लगायत स्वास्थ्य परिक्षण गरि निशुल्क औषधी समेत प्रदान गरिएको थियो सो अवसरमा जटिल रोगको उपचारको लागि आवश्यक परामर्श पाए पछि स्थानीय जनताले निक्कै राहतको महशुस गरेकाथिए ।
शिविरमा स्त्री रोग विशेषज्ञ डाक्टर नारायण ओझा, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर दिनेश वि.क. डाक्टर शंकर रावत, डाक्टर सरिता गुरुङ, मेडिकल अफिसर डाक्टर प्रतिक गैह्रे, डाक्टर उत्तम लामिछाने तथा डाक्टर नारायण गोदार सहितका विशेषज्ञको टोलीले सहभागीहरुको स्वास्थ्य परिक्षण गरेकोथियो । गाउँपालिकाले प्रत्येक महिना हरेक घर घरमा पुगेर स्वास्थ्य परिक्षण गर्ने अभियान पनि जारी नै राखेको छ ।

शिविर शुभारम्भका अवसरमा बोल्दै गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले स्वास्थ्य क्षेत्रलाई गाउँपालिकाले पहिलो प्राथमिकतामा राखेको बताउनुभयो । स्वास्थ्य नै अमुल्य धन भएकाले निरोगी जनशक्तिबाट नै विकासको गतिले थप क्रियाशिलता पाउने स्पष्ट पार्नुभयो । वैदेशिक रोजगार र युवा पलायनका कारण एक्लिन पुगेका वृद्धवृद्धालाई प्रत्येक महिना घर घरमा गई स्वास्थ्य परिक्षण गर्दै आएको उहाँले जानकारी दिनुभयो । शिविरमा बोल्दै चिकित्सक नारायण ओझाले यस्तो कार्यक्रम अरु स्थानीयतहले पनि गर्नुपर्नेमा जोड दिनुभयो । आफ्नै वडामा सञ्चालन भएको निशुल्क वृहत शिविरमा स्वास्थ्य परिक्षण गर्न पाउँदा निक्कै खुसी लागेको सुनाउनुहुन्छ वडा नम्वर २ बडाचौर की ८४ बर्षिय साबित्री पोखरेल ।

५ ओटा वडा रहेको यस गाँपालिकामा १ हजार ७ सय ११ जना ६० बर्ष नाघेका वृद्धवृद्धा र रहेकाछन् उनीहरुलाई प्रत्येक महिनाको २६ देखि ३० गतेसम्म उनीहरु कै घर घरमा पुगेर स्वास्थ्य परिक्षण गरिने अभियान समेत निक्कै प्रभावकारी भएको फेदीखोला गाँउपालिकाका अध्यक्ष सुवेदीले बताउनुभयो ।
समाचार
थप सामाग्री-
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
-
बैंङिक क्षेत्रमा उच्चस्तरीय पहिचान बनाएका ढकाललाई स्याङ्जा काँग्रेसले गर्यो उम्मेद्वार सिफारिस
-
एनपिएल दोस्रो सिजनको उपाधि लुम्बिनीलाई
-
बिरुवा गाउँपालिकामा आधारभूत अस्पताल सञ्चालन
-
अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध : हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गरिने ।
मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन
१ हप्ता अगाडि
स्याङ्जा : मुक्तिनाथ विकास बैंक लिमिटेड जिल्ला प्रहरी कार्यालय स्याङ्जालाई ५० इन्चको एउटा रंगिन टेलिभिजन उपलब्ध गराएको छ । बैंकले…


