गल्याङमा मगर समुदायका लागि ‘वापा–मापा’ तालिम शुरु
नारायण विश्वकर्मा \गल्याङ्
स्याङजाको गल्याङ बजारमा तिन दिने वापा–मापा तालिम शुरु भएको छ ।
नेपाल मगर संघ गल्याङ नगर समितीको आयोजना र गल्याङ नगरपालिकाको सहयोगमा वापा मापा तालिम सुरु भएको हो ।
कार्यक्रममा नेपाल मगर बौद्ध सेवा समाजका प्रमुख पुर्ण बहादुर तरामु मगरले मगरहरुको संस्कार, संस्कृतिलाई जर्गना गर्न सवै एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले मगरहरुको आफ्नै रीतिरिवाज, पहिचान, हुने भएकाले युवा पुस्ताले पनि यसलाई महत्वका साथ हेर्नुपर्नेमा जोड दिनुभयो ।
मगर समुदायमा कर्मकाण्ड चलाउने वापा मापाको आवश्यक भएकाले मगर समुदायका लागि तालिम निकै फलदायी हुने स्पष्ट पार्नुभयो ।
तिन दिन सम्म सञ्चालन हुने तालिममा नेपाल मगर बौद्ध सेवा समाजका प्रमुख पुर्ण बहादुर तरामु मगर, नेपाल मगर वौद्ध सेवा समाजका उपाध्यक्षद्धय कल बहादुर पल्ली मगर, सुर्य बहादुर थापा मगरले प्रशिक्षण गर्नुहुनेछ ।
तालिममा ४० जनाको सहभागिता रहेको छ । यस्तै तालिममा नेपाल मगर वौद्ध सेवा समाज प्रदेश नम्बर ४ का सदस्य रन बहादुर थापा मगर, नेपाल मगर संघ जिल्ला कार्य समितीका सल्लाहकार नर बहादुर राना मगर, नेपाल बौद्ध सेवा समाज स्याङजाका अध्यक्ष पदम बहादुर गाहा मगर लगायतको उपस्थिती रहेको थियो ।
नेपाल मगर संघ गल्याङ नगर समितीका अध्यक्ष कुमार रानाको सभापतित्वमा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष कृष्ण माया राना र सञ्चालन नेपाल मगर युवा संघ गल्याङ नगर समितीका अध्यक्ष डोलु थापाले गर्नुभएको थियो ।
समाचार
थप सामाग्रीगल्याङ प्रिमियर लिग क्रिकेट : गल्याङ ईगल्स र गल्याङ ब्लास्टर फाईनलमा ।
४ दिन अगाडि
वालिङ : स्याङजाको गल्याङमा सञ्चालित ‘गल्याङ प्रिमियर लिग क्रिकेट प्रतियोगिता’ (जिपिएल) को फाईनलमा गल्याङ ईगल्स र गल्याङ ब्लास्टर प्रतिस्पर्धा गर्ने…