संस्कृतिविद्को नालीबेली
काठमाडौँ — संस्कृतिविद् सत्यमोहन जोशी अर्को महिना सय वर्ष टेक्दै छन् । यी वाङ्मय शताब्दीपुरुषको जीवनको नालीबेली खोतल्दै अनिल पौडेलले ‘जुरेली दर्शन’ नामक अनुसन्धानात्मक कृति लेखेका छन् ।
दुई वर्ष लगाएर तयार पारिएको कृति सांस्कृतिक संस्थानले प्रकाशन गरेको छ । ‘जिउँदो सम्पदालाई पुस्तकमा सुरक्षित पार्ने कोसिस गरेको हुँ,’ लेखक पौडेलले भने, ‘सकेसम्म उहाँको नजिक पुगेर पुस्तकलाई तथ्यपरक बनाएको छु ।’
एउटा चराको कर्मबाट प्रभावित बनेका जोशी अन्ततः कसरी ३/३ पटक मदन पुरस्कार पाउने व्यक्तित्व बने ? संस्कृतिविद् बने ? नाटककार बने ? जस्ता सन्दर्भलाई पुस्तकले खोजी गरेको छ । लामो समय चीनमा कलाकार अरनिकोमाथि गरेको अनुसन्धानदेखि सिञ्जालाई प्रकाशमा ल्याउन जोशीले गरेको कामसम्म पुस्तकमा छन् ।
जोशी सांस्कृतिक संस्थानका परिकल्पनाकारपनि हुन् । पुस्तकमा ‘को हुन् सत्यमोहन जोशी ?’, ‘९७ वर्षेका कुरा’, ‘चिनारीका आयाम’, ‘नेपाल दर्शनको कथा’, ‘अरनिकोको खोजी’, ‘संस्कृतिविद् बनाउने सिञ्जा’, ‘साधनाका शिखर’, ‘जुरेली दर्शन’ लगायतका आलेखमार्फत जोशीको योगदान प्रकाश पारिएको छ ।
समाचार
थप सामाग्री-
बैंङिक क्षेत्रमा उच्चस्तरीय पहिचान बनाएका ढकाललाई स्याङ्जा काँग्रेसले गर्यो उम्मेद्वार सिफारिस
-
एनपिएल दोस्रो सिजनको उपाधि लुम्बिनीलाई
-
बिरुवा गाउँपालिकामा आधारभूत अस्पताल सञ्चालन
-
अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध : हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गरिने ।
-
मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन
वालिङ सडक खाना महोत्सवको समय थपियाे
१ हप्ता अगाडि
वालिङ : वालिङमा जारी प्रथम वालिङ सडक खाना महोत्सवको समय १ दिन थप गरिएको छ । “हाम्रो नगरमा हाम्रै खाना…


