अष्ट्रेलियाले नेपाललाई ५-० गोलले हरायो
नेपाल विश्वकप छनोट चरणको समुह चरणको खेलमा अष्ट्रेलियासँग ५-० गोलले पराजित भएको छ।
पहिलो हाफमा केहि तालमेल नमिलेको नेपालले ३ गोल खाएको थियो। केही बलहरु कप्तान र गोलकिपर किरण चेम्जुङले राम्रो बचाउ गर्दै गोलहरु बचाएका थिए। रक्षापंक्तिका खेलाडीहरुको आपसी तालमेल नमिल्दा पनि नेपालले गोलहरु खाएको थियो।
अष्ट्रेलियाका शारिरीक रुपमा र खेलको प्राविधिक रुपमा पनि नेपाली टोली भन्दा राम्रा देखिन्थे। विश्वकप फाइनल्स खेलिसकेको टोली अष्ट्रेलियासँग उसकै घरेलु मैदानमा नेपालले आफ्नो पक्षबाट सक्दो प्रयास गरेको हो।
नेपाली टोलीले केहि प्रयास गरेको थियो तर अष्ट्रेलियाको रक्षापंक्तिका खेलाडीहरुले ति प्रयासहरुलाई बिफल तुल्याएका थिए।
समाचार
थप सामाग्री
पूर्व विद्यार्थी मञ्चमा लम्साल
३ हप्ता अगाडि
प्रकाश डोटेल/स्याङ्जा : स्याङ्जा सदरमुकामस्थित त्रिभुवन आदर्श नमुना माध्यमिक विद्यालयमा स्थानीय युवा समाजसेवि दिपक लम्सालको नेतृत्वमा पूर्व विद्यार्थी मञ्च गठन…


