अर्जेन्टिना र क्रोएसिया सेमिफाईनलमा प्रवेश

अर्जेन्टिनाका गोलकिपर एमिलियानो मार्टिनेजले दुई वटा पेनाल्टी प्रहार रोकेपछि नेदरल्याण्ड्स ४–३ गोलले पराजित भएको हो।
कतारको रुसाली रंगाशालामा मंसीर २४ गते बिहान निर्धारित ९० मिनेटको खेल २–२ गोलको बराबरीमा सकिएको थियो।

नाहुएल मोलिनाको गोलले ३५औं मिनेटमा लिएको अर्जेन्टिनाको अग्रतालाई कप्तान लियानल मेसीले ७३ औं दोब्बर पारे।  २–० गोलले पछि परेको १० मिनेटपछि डच टिमका लागि वोट वेगोर्स्टले ८३औं मिनेटमा गोल गरे।  इन्ज्युरी सयको ११औं मिनेटमा वेगोर्स्टले बराबरी गोल गरे।  अतिरित्त ३० मिनेटमा दुबै टिमले गोल गर्न नसकेपछि खेल पेनाल्टी शूटआउटमा पुगेको हो।

अजेन्टिनाले सेमिफाइलन २८ मंसीरमा क्रोएसियासँग खेल्नेछ। क्रोसियाले गए राती नै ब्राजीललाई पेनाल्टी शूटआउटमा हराएर सेमिफाइलन पुगेको हो।

Facebook Comments Box
TOP