गण्डकीमा थप २६ जनामा कोरोना पुष्टि ।
पोखरा:
पछिल्लो २४ घण्टामा कास्कीका २१ सहित गण्डकीमा थप २६ जनामा कोरोना पुष्टि भएको छ।
प्रदेश स्वास्थ्य निर्देशानलयद्वारा जारी कोभिड – १९ सम्बन्धी अपडेट अनुसार गण्डकीका ८३ जनामा गरिएको परीक्षणमा कास्कीका २१, तनहुँका एक र स्याङ्गजा जिल्लाका ४ जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको हो।
आज पुष्टि भएकासँगै गण्डकीमा कोरोना सक्रिय संक्रमितको संख्या १५८ पुगेको छ। संक्रमितमध्ये १५३ जनामा होम आइसोलेसनमा छन् भने, ५ जना विभिन्न स्वास्थ्य सँस्थामा उपचाररत रहेको निर्देशनालयले जनाएको छ।
Facebook Comments Box
समाचार
थप सामाग्री
व्यावसायिक समृद्धिको योजनासहित चुनावी मैदानमा शंकर डुम्रे
३ हप्ता अगाडि
वालिङ : वालिङ उद्योग वाणिज्य संघको आगामी असार २१ गते हुने निर्वाचनको रौनक निकै बढेको छ। अध्यक्ष पदमा अनुपमा ढुङ्गाना…


