असार ९ गतेदेखि ५- ११ वर्ष उमेर समूहका बालबालिकालाई पहिलो चरणमा कोरोनाविरुद्धको फाइजर खोप दिने ।
काठमाण्डौ:
सरकारले २७ जिल्लाका पाँचदेखि एघार वर्ष उमेर समूहका बालबालिकालाई पहिलो चरणमा कोरोनाविरुद्धको फाइजर खोप दिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार असार ९ गतेदेखि १५ गतेसम्म पहिलो चरणमा २७ जिल्लाका बालबालिकालाई फाइजर खोप दिने तयारी गरिएको हो । सोही समूहलाई दोस्रो मात्रा खोप भने साउन २ गतेदेखि ८ गतेसम्म लगाइने भएको छ ।
काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, काभ्रे र सिन्धुली झापा, मोरङ, सुनसरी, सप्तरी, धनुषा, पर्सा, सिराहा महोत्तरी, नवलपरासी, रुपन्देही, बाँके, दाङ, कपिलवस्तु र बर्दिया सुर्खेत, कैलाली, कञ्चनपुर र डडेल्धुरा जिल्लामा कोरोनाविरुद्धको खोप लगाइने भएको हो । त्यसपछि दोस्रो चरणमा ५० जिल्लाका बालबालिकालाई खोप दिइने मन्त्रालयको भनाइ छ ।
समाचार
थप सामाग्री
मलाई विश्वास गर्ने सम्पूर्ण मतदातामा धन्यवाद : भागवत प्रकाश मल्ल
५ दिन अगाडि
स्याङ्जा : नेपाली कांग्रेसको तर्फबाट स्याङ्जा २ मा उमेद्वारी दिनु भएका भागवत प्रकाश मल्लले आफूलाई विश्वास गरेर मतदान गर्नु हुने…


