मोटरसाइकल सहित स्याङ्गजाको भालुपहाडबाट खसेर वाइसिएल नेता पौडेलको मृत्यु ।
पोखरा
माओवादी केन्द्र स्याङ्गजाका युवा नेता तथा वाइसिएल नेपालका केन्द्रिय स्वास्थ्य विभाग प्रमुख सुवास पौडेलको सडक दुर्घटनामा परी मृत्यु भएको छ।
पौडेलको शुक्रवार साँझ सिद्दार्थ राजमार्ग अन्तर्गत पर्ने स्याङ्गजाको भालुपहाड सडक खण्डमा मोटरसाइकल दुर्घटनामा मृत्यु भएको हो। पौडेल सवार मोटरसाइकल चिप्लेर सडकबाट अन्दाजी १०० मिटर तल खसेको बताइएको छ।
फेदिखोला निवासी पौडेल स्याङ्जा जिल्ला कार्यसमितिको बैठक सकेर घर फर्किने क्रममा दुर्घटनामा परेको बताइएको छ।
Facebook Comments Box
समाचार
थप सामाग्री
मलाई विश्वास गर्ने सम्पूर्ण मतदातामा धन्यवाद : भागवत प्रकाश मल्ल
५ दिन अगाडि
स्याङ्जा : नेपाली कांग्रेसको तर्फबाट स्याङ्जा २ मा उमेद्वारी दिनु भएका भागवत प्रकाश मल्लले आफूलाई विश्वास गरेर मतदान गर्नु हुने…


