नेपाल रेडक्रस सोसाईटी स्याङ्जाको सभापतिमा अर्याल
वालिङ :
नेपाल रेडक्रस सोसाईटी स्याङ्जाको सभापतिमा दिनेश अर्याल चयन हुनु भएको छ । जिल्ला शाखाको ३७ औँ साधारण सभा तथा अधिवेसनले अर्यालको सभापतित्वमा नयाँ कार्यसमिति सहमतिका आधारमा चयन गरेको हो ।
समितिको उपसभापतिमाद्धय लक्ष्मी थापा र लक्ष्मण भट्टराई, मन्त्रीमा रामचन्द्र अर्याल, कोषाध्यक्षमा महेश बहादुर थापा गणेश, उपमन्त्रीमा खगेन्द्र प्रसाद अर्याल र उपकोषाध्यक्षमा अर्जुन पौडेल रहेका छन् ।
त्यस्तै महिला सदस्यमा दुर्गा सारु, विष्णु सुवेदी र श्यामादेवि शर्मा रहेका छन् भने अन्य सदस्यहरुमा भुवनेश्वर रिमाल, चुडामणी रेग्मी, इश्वरबन्धु कोईराला, विष्णुप्रताप खँण, विशेश्वर गिरी, पुष्पराज बराल, मनोरथ शर्मा रहेको निर्वाचन अधिकारी समेत रहनु भएका नेपाल रेडक्रस तनहुँका सभापति कृष्णहरि वाग्लेले जानकारी दिनुभयो । कोभिडका कारण सृजित अवस्थालाई मध्यनजर गर्दै कार्यक्रम थोरै संख्यामा उपस्थित भई नयाँ कार्यसमिति निर्वाचित गरिएको उहाँले बताउनु भयो ।
समाचार
थप सामाग्री
व्यावसायिक समृद्धिको योजनासहित चुनावी मैदानमा शंकर डुम्रे
३ हप्ता अगाडि
वालिङ : वालिङ उद्योग वाणिज्य संघको आगामी असार २१ गते हुने निर्वाचनको रौनक निकै बढेको छ। अध्यक्ष पदमा अनुपमा ढुङ्गाना…


