थपिए ११ हजार संक्रमित, औसत संक्रमणदर ५२.६ प्रतिशत ।
काठमाण्डौ:
नेपालमा पछिल्लो २४ घन्टामा थप ११ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरिएको २३ हजार ४ सय ९ परीक्षणबाट ११ हजार ३ सय ५२ जनामा पुष्टि भएको हो।१८ हजार ८७ वटा पिसीआर परीक्षणमा ९ हजार ५ सय २ जना र ५ हजार ३ सय ३१ एन्टिजेन परीक्षणमा १८५० गरी ११ हजार ३ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
आज देशभरको औसत संक्रमणदर ५२.६ दर रहेको छ। यो हालसम्मकै सबैभन्दा उच्च संक्रमणदर भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए ।
Facebook Comments Box
समाचार
थप सामाग्री
पद्मा अर्याल सहित को – को परे एमाले बाट समानुपातिकमा
४ दिन अगाडि
काठमाडाै : नेकपा एमालेले समानुपातिक सांसद टुङ्ग्याएको छ। आज बसेको सचिवालय बैठकले समानुपातिक सांसदको नाम टुङ्गो लगाएको उपमहासचिव लेखराज भट्टले…


