आगामी निर्वाचनको तयारीमा लाग्नुस् : नेता श्रेष्ठ
वालिङ :
नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले आन्तरिक प्रतिस्पर्धालाई बिर्सेर आगामी निर्वाचनको तयारीमा लाग्न आग्रह गर्नुभएको छ ।
नेपाली काँग्रेस स्याङ्जा क्षेत्र नं. २ ले वालिङमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्नुहुँदै नेता श्रेष्ठले पार्टीको १४ औं महाधिवेशनमा भएका आन्तरिक प्रतिस्पर्धालाई भुलेर आगामी निर्वाचनको तयारीमा लाग्न नेता कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको हो ।
“पार्टीको आन्तरिक निर्वाचनमा जे जे भयो भयो त्यो कुरा बिर्सेर अगाडि बढ्नुपर्छ” नेता श्रेष्ठले भन्नुभयो, “अब पार्टीमा बिजयी हुनेले उपबिजेताहरुको मतलाई पनि सम्मान गरेर सँगसँगै जानुपर्छ ।”
पार्टीको आन्तरिक निर्वाचनकाक्रममा भएका विषयहरुलाई बिर्सेर आ–आफ्नो कमजोरीहरु सुधार गर्दै विपक्षीसँग लड्नकालागि तयारी गर्नुपर्ने बेला भएकाले त्यतापट्टि ध्यान दिन उहाँले नेता कार्यकर्ताहरुलाई सुझाव दिनुभयो ।
पार्टीको १४ औं महाधिवेशनबाट युवाहरुको आकर्षण बढ्दै गएको उहाँले बताउनुभयो । पार्टीलाई कुनै कम्पनीजस्तो होईन सबै अट्ने र सबैको भावना समेटेर जानुपर्ने नेता श्रेष्ठले जोड दिनुभयो ।
कार्यकर्ता भेटघाट कार्यक्रममा काँग्रेस क्षेत्र नं. २ का सभापति दिलीपप्रताप खाँणले नेपाली काँग्रेसको संगठनलाई टोल टोलमा विस्तार गर्ने बताउनुभयो । उहाँले पार्टीमा बिजेता उपबिजेता सबै एकबद्ध भएर आगामी निर्वाचनमा काँग्रेसलाई बिजयी बनाउने गरी लाग्ने प्रतिबद्धता जनाउनुभयो ।
काँग्रेस जिल्ला सचिव गुरुप्रसाद भट्टराई, स्याङ्जा २ ख का सभापति महेश भट्टराई, क्षेत्रीय सचिव फणिनारायण रेग्मी, काँग्रेस वालिङ नगर उपसभापति सीता थापालगायतले टोलदेखि केन्द्रसम्मका नेता कार्यकर्ताहरु पार्टीको संगठन विस्तारमा थप सशक्त भएर लाग्नुपर्नेमा जोड दिएका थिए ।
समाचार
थप सामाग्री
पद्मा अर्याल सहित को – को परे एमाले बाट समानुपातिकमा
५ दिन अगाडि
काठमाडाै : नेकपा एमालेले समानुपातिक सांसद टुङ्ग्याएको छ। आज बसेको सचिवालय बैठकले समानुपातिक सांसदको नाम टुङ्गो लगाएको उपमहासचिव लेखराज भट्टले…


