लायन्स क्लब वालिङ सिटीद्वारा खाद्यान्न सहयोग
तोलाकान्त बगाले/वालिङ :
वालिङ ११ का लखने र पेखुका दुई घर परिवारलाई खाद्यान्न सहयोग गरिएको छ । वालिङ नगरपालिकाको सहयोग तथा लायन्स क्लब अफ वालिङ सिटी र लियो क्लब अफ वालिङ सिटीको सहकार्यमा दैनिक उपभोग्य खाद्यान्न तथा आवश्यक सामग्री सहयोग गरिएको हो ।
लायन्स क्लबका पदाधिकारी तथा लियो क्लबका पदाधिकारीहरुको उपस्थितिमा घरमै पुगेर खाद्यान्न उपलब्ध गराईएको क्लबका अध्यक्ष चुत्राकुमारी थापा दुर्गाले बताउनुभयो ।
अति विपन्न समुदायका दुई घर परिवारलाई सहयोगस्वरुप दैनिक उपभोग्य खाद्यान्न अन्तर्गत चामल, नुन, तेल, चिनी, दाल लगायतका सामग्रीसहित स्वीटर हस्तान्तरण गरिएको हो ।
लायन्स क्लबले विशुद्ध सामाजिक सेवा गर्दै आएको स्मरण गर्दै आगामी दिनमा पनि सहयोगका कार्यक्रमहरुलाई निरन्तरता दिंदै जाने अध्यक्ष थापाले बताउनुभयो ।
यसैबीच अध्यक्ष थापाले पूर्णामृत भवानी माध्यमिक विद्यालयमा कक्षा एघारमा अध्ययनरत रहेकी एक छात्रालाई कक्षा १२ सम्म पढ्नका लागि आवश्यक खर्च उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो ।
समाचार
थप सामाग्री
व्यावसायिक समृद्धिको योजनासहित चुनावी मैदानमा शंकर डुम्रे
३ हप्ता अगाडि
वालिङ : वालिङ उद्योग वाणिज्य संघको आगामी असार २१ गते हुने निर्वाचनको रौनक निकै बढेको छ। अध्यक्ष पदमा अनुपमा ढुङ्गाना…


