नेपालमा कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु, मृतकको संख्या १७ सय नाघ्यो ।
काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप ८२१ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ८२१ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा ५४२३ जनाको पीसीआर परीक्षण भएको छ ।
गत २४ घण्टामा ८४२ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ३६ हजार ५ सय ७३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या १७१६ रहेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १० हजार ९५५ पुगेको छ ।
समाचार
थप सामाग्री
पूर्व विद्यार्थी मञ्चमा लम्साल
२ हप्ता अगाडि
प्रकाश डोटेल/स्याङ्जा : स्याङ्जा सदरमुकामस्थित त्रिभुवन आदर्श नमुना माध्यमिक विद्यालयमा स्थानीय युवा समाजसेवि दिपक लम्सालको नेतृत्वमा पूर्व विद्यार्थी मञ्च गठन…


