स्याङ्जामा पहिलो पटक पत्रकारमा देखियाे कोरोना संक्रमण ।
स्याङ्जा : स्याङ्जामा पहिलो पटक पत्रकारलाई कोरोना संक्रमण पुष्टी भएको छ ।
नेपाल पत्रकार महासंघ स्याङ्जाका सचिव सुशिल सुवेदीलाई कोरोना संक्रमण भएको हो । सामान्य रुघा देखिएपछि पत्रकार सुवेदी विगत ५ दिनदेखि होम आईशोलेसनमा बस्दै आउनु भएकाे थियाे ।
वालिङ नगरपालिका वडा नम्वर १० का ३० वर्षीय पत्रकार सुवेदी ले छिट्टै कोरोनालाई परास्त गरेर काममा फर्कने बताउनु भएकाे छ । आँधीखाेला खबरसँग कुरा गर्दै पत्रकार सुवेदीले भन्नुभयाे, म छिट्टै काममा फर्कने छु ।
नियमित तातो पानी, तुलसी, अदुवा पानी, गुर्जोको रस तथा झोलिलो पदार्थहरु खाईरहेकाे सुवेदीकाे भनाइ छ ।
लामाे समय देखि नेपाल टेलिभिजनकाे स्याङ्जा संवादाताका रूपमा काम गर्दै आउनु भएका पत्रकार सुवेदी थाहा खबर, सिनेकला, मेरो दृष्टि लगायतका आधादर्जन मिडियामा आवद्ध रहनुभएको छ ।
समाचार
थप सामाग्री
पूर्व विद्यार्थी मञ्चमा लम्साल
२ हप्ता अगाडि
प्रकाश डोटेल/स्याङ्जा : स्याङ्जा सदरमुकामस्थित त्रिभुवन आदर्श नमुना माध्यमिक विद्यालयमा स्थानीय युवा समाजसेवि दिपक लम्सालको नेतृत्वमा पूर्व विद्यार्थी मञ्च गठन…


