गण्डकी प्रदेशमा थप ८ जना काेराेना संक्रमितकाे मृत्यु ।
गण्डकी प्रदेशमा थप ८ जना काेराेना संक्रमितकाे मृत्यु भएको छ ।
कास्कीको पोखरा महानगरका ४ जना, बागलुङका २ जना तथा तनहुँ र नवलपुरका १ -१ जना गरि गण्डकी प्रदेशमा थप ८ जनाको कोरोनाबाट मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।
पोखरा महानगर ५ की ५९ वर्षीया संक्रमित महिलाको सोमबार राति ११ :०० बजे, पोखरा १३ का ५५ वर्षीय पुरुषको मंगलबार बिहान ११ : ४५ बजे, पोखरा ६ का ७२ वर्षीय पुरुषको सोमबार बिहान ४ : १५ बजे र पोखरा ३ का ५२ वर्षीय पुरुषको सोमबार बिहान ११ : ४५ बजे पोखरामा उपचारको क्रममा मृत्यु भएको जानकारी स्वास्थ्य निर्देशनालय गण्डकीले मंगलबार दिएको हो ।
त्यसै गरि निर्देशनालयले तनहुँ ६ ब्यासका ६६ वर्षीय पुरुषको सोमबार बिहान २ : १५ बजे, बागलुङ ३ का ६६ वर्षीय पुरुषको मंगलबार बिहान १० : २० बजे, बागलुङ ३ का ६१ वर्षीय पुरुषको सोमबार बेलुका ५:३० बजे, नवलपुर देवचुली ११ का ८० वर्षीय पुरुषको आइतबार बिहान ११: २६ बजे मृत्यु भएको जनाएको छ ।
यस संगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८८ पुगेको छ ।
।

समाचार
थप सामाग्री
पूर्व विद्यार्थी मञ्चमा लम्साल
३ हप्ता अगाडि
प्रकाश डोटेल/स्याङ्जा : स्याङ्जा सदरमुकामस्थित त्रिभुवन आदर्श नमुना माध्यमिक विद्यालयमा स्थानीय युवा समाजसेवि दिपक लम्सालको नेतृत्वमा पूर्व विद्यार्थी मञ्च गठन…


