गण्डकीमा मृतक १६ पुग्याे, ९२ वर्षीया संक्रमितको मृत्यु,संक्रमितकाे संख्या २३ सय नाघ्याे ।
गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ । तनहुँकी ९२ वर्षीया वृद्धाको उपचारको क्रममा काठमाडौंमा मृत्यु भएसँगै मृतकको संख्या १६ पुगेको हो ।
तनहुँको म्याग्दे गाउँपालिका १ की उनको सशस्त्र प्रहरी अस्पतालमा मृत्यु भएको हो । उनमा दम, मुटु तथा मृगौलाको समस्या रहेको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिनुभयाे ।
कास्कीका ४, गोरखा र तनहुँका ३, स्याङ्जा र लमजुङका २/२, म्याग्दी र बागलुङका १/१ संक्रमितको मृत्यु भएको छ । गण्डकीमा कोरोना संक्रमितको संख्या २३ सय १२ पुगेको छ । तीमध्ये १७ सय ६६ संक्रमित निको भएका छन् ।
.


Facebook Comments Box
समाचार
थप सामाग्री
पूर्व विद्यार्थी मञ्चमा लम्साल
२ हप्ता अगाडि
प्रकाश डोटेल/स्याङ्जा : स्याङ्जा सदरमुकामस्थित त्रिभुवन आदर्श नमुना माध्यमिक विद्यालयमा स्थानीय युवा समाजसेवि दिपक लम्सालको नेतृत्वमा पूर्व विद्यार्थी मञ्च गठन…


