बाबाको मुख हेर्ने दिन……
खगेन्द्र भण्डारी :
हो,
आज बुबाको मुख हेर्ने दिन,
बुबा,!मुख त म हेरुला बाकी त्यही तस्बिर त छ।
आज हजारौं लाखौका बुबाहरुलाइ पुजिन्छ रे
के मैले नपुजेको होर ?
मनका कन्दराहरुबाट निस्कने स्नेहको अभाबमा
रोदन मात्र होइन अश्रुधाराले कसरी बुझ्छ र ??
हो आज बुबाको मुख हेर्ने दिन
साच्चै
बुबाको मुख हेर्ने दिन कस्ले बनायो होला है ?
उ.. त्यो
परको क्षितिज नियाल्दै
सपनाका हजारौं थान तमकुसहरुको दरबारबाट
सोच्छु
बुबा हुनेहरुलाइ त उत्सब होला तर
बुबाबिना पनि ताते ताते गर्दै लडिरहेका म जस्तालाई?? फगत
खुशी हराएको दिन
मन …
रोएर बुबा खोज्छ
खोज्न त
घरबाट एक फन्को कतै लगाएर आएपछि को मेरो प्रश्न
बा..! आमा खोइ कहाँ जानुभो र?
तर खोजेको त बाबालाई पो रहेछ।
बाबा बिना पनि एउटा संसार खोज्नु पर्ने पो रहेछ।
आशिर्वाद ..
आशीर्वाद खोज्दै थालिमा लड्डु टीका अरु मिठाई
र बा ले नै दिएको पैसाले ल्याएको उपहार अब
आमाको आँसु सङ्गै र कुडिएको मनको भोडारभित्रै
ताल्चा लगाएर बन्द गर्ने दिन
साच्चै .. आज
आमाको पोते चुडिएको दिन
बा…… बा
मेरो टाउकोमा हात राखेर सुम्सुम्याउदै
र मेरा यी हातहरुलाई स्नेही साथ अनि कहिल्यै
नामेट नहुने पथहरु
तपाईंको बिस्तारामै बसेर
फेरि तपाई सङ्गै सहयात्रा गर्न मन छ।
बा….बा …
सबैकुरा सपना जस्तो लाग्छ
फेरि तपाईं सङ्गै हास्न मन छ
अनि तपाई सङ्गै बसेर
ससार जित्ने साहस बटुल्न मन छ
दुखमा सङ्गै रुन छ अनि सङ्गै हास्नु पनि मन छ
पीडा आँसु र हरेस भुल्नु छ
बुवा…
बरु भनेको मान्छु तर एकपटक
बा को मुख हेर्न मन छ र भन्न मन छ
बा उ…. त्यो परको तपाईले
देखाउनुभएको शिखर चडेर माथी
पुगेपछी चिच्याउन मन छ
भन्नू मन छ
बा ! तपाईको सपना पूरा गरे ।
सत्यता,सादगी,निष्ठा त्याग समर्पण सत नछाड्ने यी गुण छाडेको छैन।
…अनि …..अनि
बा आज बुबाको मुख हेर्ने दिन
मुख त म हेरुला बाकी त्यही तस्बिर छ।
तपाईलाई सम्झेर भक्कानो नसुकेको
आमाको मन हेर्न सकेको छैन ।
तपाईंको काधमा बसेर उ….परको डाडो भन्दा अग्लो बनेर हिड्न मन छ
भगवान!
बुबा….
आँसु रोकेको छु
तर रुन मन छ,
धेरै कुरा गर्न मन छ
अगालोमा रहेर हजुरको काखमा बस्न मन छ
एक्लो भाछु साच्चै एकपटक बुबाको मुख हेर्न मन छ
अपसोस…
आज बुबाको मुख हेर्ने दिन!!!
समाचार
थप सामाग्री
पूर्व विद्यार्थी मञ्चमा लम्साल
३ हप्ता अगाडि
प्रकाश डोटेल/स्याङ्जा : स्याङ्जा सदरमुकामस्थित त्रिभुवन आदर्श नमुना माध्यमिक विद्यालयमा स्थानीय युवा समाजसेवि दिपक लम्सालको नेतृत्वमा पूर्व विद्यार्थी मञ्च गठन…


