स्याङ्जा सहितका ४ जिल्लामा थपिए १७ जना सङ्क्रमित,गण्डकी प्रदेशमा पुग्यो ९६६
स्याङ्जा :
गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्याङ्जा सहितका ४ जिल्लामा नयाँ सङ्क्रमित थपिएका हुन ।
स्याङ्जाको पुतलीबजार नगरपालिकाका ३० बर्षका पुरुषमा सङ्क्रमण पुष्टी भएको हो । यो सँगै जिल्लामा सङ्क्रमितको संख्या १७५ पुगेको छ । एक जना भने अध्याबधिक गर्न बाँकी रहेको बताईएको छ ।
आज गण्डकीमा थपिनेमा अन्य सङ्क्रमितहरुमा कास्कीका ८ जना, तनहुँका ५ जना, लमजुङका ३ जना रहेकाछन् । नयाँ थपिनेमा ६ जना महिला छन् । कास्कीम थपिने ७ जना पोखरा महानगरपालिकाका हुन् ।
सङ्क्रमितलाई आईसोलेसनमा लैजाने तयारी भईरहेको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक एवं प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता बिनोद बिन्दु शर्माले जानकारी दिनुभयो ।
गण्डकी प्रदेशका कोरोना सङक्रमित ९ सय ६६ मध्ये २ सय १४ जना निको भएर घर फर्किएका छन । सोमबार साँझ मात्रै गण्डकी प्रदेशमा ५३ जना सङ्क्रमित थपिएका थिए ।
गण्डकी प्रदेशमा २ जना सङ्क्रमितको मृत्यु भईसकेको छ ।
.

समाचार
थप सामाग्री
पूर्व विद्यार्थी मञ्चमा लम्साल
३ हप्ता अगाडि
प्रकाश डोटेल/स्याङ्जा : स्याङ्जा सदरमुकामस्थित त्रिभुवन आदर्श नमुना माध्यमिक विद्यालयमा स्थानीय युवा समाजसेवि दिपक लम्सालको नेतृत्वमा पूर्व विद्यार्थी मञ्च गठन…


