स्याङ्जाका १० सहित गण्डकी प्रदेशमा थपिए १९ जना संक्रमित
स्याङ्जा :
गण्डकी प्रदेशमा थप १९ जना कोरोना संक्रमित थपिएका छन ।स्याङ्जामा १०, बागलुङमा ५, कास्कीमा २, नवलपुर र तनहुँमा १÷१ जना संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
स्याङ्जामा थपिनेहरुमा चापाकोट नगरपालिकाका ६ जना गल्याङ नगरपालिकाका ४ जना रहेकाछन् ।
तयस्तै कास्कीका २ संक्रमितमध्ये १ पोखरा महानगर र मादी गाउँपालिकाका १÷१ जना रहेका छन् ।
बागलुङका संक्रमितमध्ये गलकोट नगरपालिकाका ३ जना, बडिगाड गाउँपालिका र जैमिनी नगरपालिकाका १÷१ जना छन । नवलपुरका संक्रमित गैंडाकोट नगरपालिका र तनहुँका संक्रमित व्यास नगरपालिकाका हुन ।
आईतबार बिहान मात्रै गण्डकी प्रदेशका ४ जिल्लाका १६ जनामा संक्रमण पुष्टि भएको थियो । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ सय २३ पुगेको छ । ४९ जना निको भएकाछन् १ जनाको निधन भएको छ ।
.

समाचार
थप सामाग्री
पूर्व विद्यार्थी मञ्चमा लम्साल
३ हप्ता अगाडि
प्रकाश डोटेल/स्याङ्जा : स्याङ्जा सदरमुकामस्थित त्रिभुवन आदर्श नमुना माध्यमिक विद्यालयमा स्थानीय युवा समाजसेवि दिपक लम्सालको नेतृत्वमा पूर्व विद्यार्थी मञ्च गठन…


