गण्डकीमा आज थपिए १०८ संक्रमित, पुगे ४८८
गण्डकी प्रदेशमा शनिबार मात्रै १०८ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै गण्डकीमा संक्रमितको संख्या ४८८ पुगेको छ ।
शनिबार बिहान ७ जिल्लाका ५८ जनामा कोरोना पुष्टि भएकोमा साँझ ४ जिल्लाका ५० जना थप भएका हुन् ।
अहिलेसम्म मुस्ताङ बाहेक प्रदेशका १० जिल्लामा कोरोना संक्रमित भेटिएका थिए । जिल्लाको घरपझोङ गाउँपालिकाका ८३ वर्षे वृद्धमा संक्रमण पुष्टि भएको हो ।
गण्डकीमा सबैभन्दा धेरै कोरोना संक्रमित नवलपुर जिल्लामा छन् । गण्डकीका अहिलेसम्म ३९ जना संक्रमित निको भएर घर फर्किएका छन् । एक जनाको भने मृत्यु भएको छ ।
.

Facebook Comments Box
समाचार
थप सामाग्री
पूर्व विद्यार्थी मञ्चमा लम्साल
३ हप्ता अगाडि
प्रकाश डोटेल/स्याङ्जा : स्याङ्जा सदरमुकामस्थित त्रिभुवन आदर्श नमुना माध्यमिक विद्यालयमा स्थानीय युवा समाजसेवि दिपक लम्सालको नेतृत्वमा पूर्व विद्यार्थी मञ्च गठन…


