स्याङजामा ५ सय ३४ जनाको कोरोना रिपोर्ट नेगेटिभ
भवानी अधिकारी/स्याङजा :
स्याङजाको पहिलो चरणकोे कोरोना भाइरस नमूना परिक्षण बुधवारदेखि सकिएको छ ।
जिल्लाका एघारवटै पालिकामा पुगेर गरिएका ५ सय ३४ जनाको कोरोना भाइरस नमूना संकलनमा सबैजनाको रिपोर्ट नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिनुभयो ।
रयापिङ डाइगोनिष्टक टेष्ट बिधिद्धारा बुधवार चापाकोट, गल्याङमा र वालिङ नगरपालिकामा गरि १ सय २३ जनामा गरिएको परिक्षणको नतिजा पनि नेगेटिभ देखिएको छ । यो नतिजासंगै स्याङजामा पहिलो चरणका कोरोना भाइरस नमूना परिक्षणका कार्य सकिएको र बिहीवारदेखि दोश्रो चरणका अन्य कार्यहरु अघि बढाईने भएको छ ।
पहिलो चरणमा स्वस्तफूर्त रुपमा नमूना परिक्षणमा नआउनेलाई दोश्रो चरणमा घर घरमा पुगेर खोजी गरिने भएको प्रजिअ कुरुम्वाङले जानकारी दिनुभयो ।
समाचार
थप सामाग्री
जनताको समस्या समाधान गर्न सरकारसँग हातेमालो गर्छु : उमेदवार ढकाल
३ हप्ता अगाडि
प्रकाश डोटेल/स्याङ्जा : गएको फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ मा नेपाली काँग्रेसका तर्फबाट स्याङ्जा क्षेत्र नं.–१ मा उम्मेदवार…


