स्याङ्जा क्षेत्र नं. १ मा ९ जना उम्मेदवारको जमानत जोगाउन सकेनन्

स्याङ्जा :
स्याङ्जा क्षेत्र नं. १ मा ९ जना उम्मेदवारले जमानत जोगाउन सकेनन् । क्षेत्र नं. १ मा १ जना स्वतन्त्र उम्मेदवार र ११ जना विभिन्न दलका गरी १२ जना उम्मेदवारले चुनावमा भाग लिएका थिए । निर्वाचनमा विजेता रास्वपाका उम्मेदवार धनन्जय रेग्मी, कांगे्रसका उम्मेदवार भरतराज ढकाल उपविजेता र नेकपा एमालेका मिनप्रसाद गुरुङ तेस्रो स्थानमा रहनुभएका बाहेक अन्य ९ जना उम्मेदवारले आफ्नो जमानत जोगाउन सकेनन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय स्याङ्जाका अनुसार क्षेत्र नं. १ मा कुल सदर मत ६८ हजार ३६ को १० प्रतिशत मत नआउने उम्मेदवारको जमानत जफत हुन्छ । क्षेत्र नं. १ मा कुल १ लाख ३० हजार ८८६ मतदाता रहेपनि ७० हजार ९४४ मत खसेको थियो । जसमा २ हजार ९०८ मत बदर भएको थियो ।
नेपाली कम्युनिष्ट पार्टीका शैलेन्द्र घिमिरेले १ हजार ५५२, राष्ट्रिय प्रजातन्त्र पार्टीका हुकुमबहादुर रानाले ६९८, श्रम संस्कृति पार्टीका पिरन गुरुङले ४८९, मंगोल नेशनल अर्गनाईजेसनका यामबहादुर गुरुङले २१६ मत प्राप्त गर्नुभएको छ । यसैगरी उज्यालो नेपाल पार्टीका रविन्द्र मल्लले १७६ मत, नेशनल रिपब्लिक नेपालका अर्जुनकुमार गुरुङले ६१, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का सोमबहादुर परियार ५७, प्रगतिशील लोकतान्त्रिक पार्टीका रनबहादुर विश्वकर्माले ३०, स्वतन्त्र उम्मेदवार अशोक विष्टले २५ मत प्राप्त गरेकाले उहाँहरुको जमानत जोगिन नसकेको हो  ।
Facebook Comments Box
TOP