मलाई विश्वास गर्ने सम्पूर्ण मतदातामा धन्यवाद : भागवत प्रकाश मल्ल
स्याङ्जा :
नेपाली कांग्रेसको तर्फबाट स्याङ्जा २ मा उमेद्वारी दिनु भएका भागवत प्रकाश मल्लले आफूलाई विश्वास गरेर मतदान गर्नु हुने सवै मतदाता प्रति आभार प्रकट गर्नु भएको छ ।
सामाजिक सञ्जाल मार्फत मल्लले आफू यस क्षेत्रको नागरिकको सुददुःखमा साथमा सदैव रहने बताउनु भएको छ ।
मल्लले लेख्नु भएको छ :
सामाजिक सञ्जाल मार्फत मल्लले आफू यस क्षेत्रको नागरिकको सुददुःखमा साथमा सदैव रहने बताउनु भएको छ ।
मल्लले लेख्नु भएको छ :
हार्दिक आभार तथा धन्यवाद । 



विशेष परिस्थितिमा तय भएको प्रतिनिधि सभा निर्वाचन सम्पन्न भएको छ । विभिन्न परिवर्तन र रुपान्तरणमा नेतृत्व गरेको पार्टी नेपाली कांग्रेसले समयको माग अनुसार नीति र नेतृत्व बदल्दै निर्वाचनमा सहभागी भयो । त्यसकै एउटा हिस्साको स्याङ्जा क्षेत्र नं. २ को उम्मेदवारको रुपमा पार्टीले मलाई जिम्मेवारी दियो । क्षेत्रका आम मतदाताले मलाई उपविजेता बनाउनु भएको छ, जनमतको कदर गर्दै आम मतदाताप्रति आभार प्रकट गर्दछु र प्राप्त मतको स्वामित्व ग्रहण गर्छु । प्रतिस्पर्धामा निर्वाचित झविलाल डुम्रे ज्यूलाई स–भेट बधाईका साथ खुशी साटेको छु ।
परिणाम स्वाभाविक प्रक्रिया त्यो भन्दा बढी म यस क्षेत्रको स्थायी प्रतिनिधि हो । यस क्षेत्रका समस्या, आवश्यकता, पहल, प्रयास मेरा नियमित जिम्मेवारी हुन् । निर्वाचनको क्रममा मैले अगाडि सारेका प्रतिबद्धता र प्रतिबद्धतामा नअटाएका अनेकौं यस क्षेत्रका सवाल अब पनि मेरा प्राथमिकता हुन्, म जहाँ छु र रहन्छु, जे सक्छु, जति सक्छु पूरा गर्न प्रयासरत रहनेछु ।
निर्वाचनको क्रममा क्षेत्रका ४५ वटै वडामा पुग्ने प्रयास मेरो रह्यो । कुनै सन्दर्भ पारेर आम मतदातालाई धन्यवाद दिन म हजुरहरुकै घर दैलोमा उपस्थित हुनेछु ।
अन्त्यमा, यस क्रममा मलाई विश्वास गरेर जिम्मेवारी दिने सम्पुर्ण पार्टी पंक्ति प्रति आभार प्रकट गर्दछु । मेरो उम्मेदवारीलाई पार्टी हितमा रही अपनत्व ग्रहण गर्दै निरन्तर खट्ने पार्टीको क्षेत्र, केन्द्र , जिल्ला, पालिका, वडा तथा टोलस्तरका समिति तथा इमानदार कार्यकर्ता तथा मलाइ माया गरेर सहयोग गर्ने विभिन्न दलका साथीहरुलाई धन्यवाद व्यक्त गर्दछु । जति उपलब्धि भयो, त्यसमा यहाँहरूको निरन्तरको प्रयास महत्वपूर्ण हो ।
निर्वाचनलाई सफल बनाउन भूमिका निर्वाह गर्ने यस क्षेत्रका कर्मचारी, बुुद्धिजिवी, सुरक्षा निकाय, पत्रकार, पर्यवेक्षक सबैमा हार्दिक आभार प्रकट गर्दछु ।
धन्यवाद ।
जय नेपाल
भागवत प्रकाश मल्ल उम्मेदवार
नेपाली काङ्ग्रेस स्याङ्जा २
Facebook Comments Box
समाचार
थप सामाग्री
प्रचारप्रसारमा कडाइ गर्दै स्याङ्जा प्रशासन
६ दिन अगाडि
स्याङ्जा : प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ अन्तर्गत फागुन २१ गते हुने मतदानलाई लक्षित गर्दै गए राति १२ बजेदेखि मौन अवधि…


