जबरजस्ती करणी आरोपमा एक जनालाई पक्राउ
स्याङ्जा :
अर्जुनचौपारी गाउँपालिकामा जबरजस्ती करणी आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुनचौपारी गाउँपालिका–१ माटेथर निवासी ५० वर्षीय सूर्यबहादुर रोका रहेको प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिनुभयो ।
परिवर्तित जिल्ला ४० अन्तर्गत ३८ वर्षीया महिलामाथि २०८२ साल साउन २५ गते दिउँसो करिब १२ बजे जबरजस्ती करणी भएको भन्दै पीडित पक्षबाट पुस २६ गते जिल्ला प्रहरी कार्यालय स्याङ्जामा जाहेरी परेको थियो ।
आरोपितलाई अनुसन्धान अगाडि बढाइएको डिएसपी चौधरीले बताउनुभयो । घटनाबारे थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाही प्रक्रिया जारी रहेको प्रहरीले जनाएको छ ।
समाचार
थप सामाग्री
मतदान गर्न जाँदा समातिए वर्षौदेखि फरार तीन कसुरदार
५ दिन अगाडि
स्याङ्जा : स्याङ्जामा बर्षाैदेखि फरार कसुरदार मतदान गर्न जाँदा समातिएका छन् । लुकिछिपी बस्दै आएको भएपनि निर्वाचनको क्रममा आआफ्नो मतदान…


