स्याङ्जाका तीन पालिकामा आज सार्वजनिक बिदा

Syangja_district

स्याङ्जा  :

स्याङ्जाका तीन पालिकामा शुक्रबार सार्वजनिक बिदा दिइएको छ । इस्लाम धर्मका अन्तिम पैगम्बर हजरत मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लमको १५०० औँ जन्मदिवसको अवसरमा पालिकाहरुले बिदा दिएका हुन् ।

वालिङ नगरपालिका, भीरकोट नगरपालिका र पुतलीबजार नगरपालिकाले आज सार्वजनिक बिदा दिएका हुन् । मुस्लिम समुदायको माग अनुसार पालिकाहरुले सार्वजनिक बिदा दिएको जनाएका छन् ।

जन्मोत्सवको अवसरमा नगरपालिकाअन्तर्गतका सम्पूर्ण सरकारी कार्यालयहरु, स्वास्थ्य संस्था, शैक्षिक संस्थाहरु र सार्वजनिक संस्थाहरुमा सार्वजनिक बिदा दिइएको वालिङ नगरपालिकाका प्रमुख कृष्ण खांणले जानकारी दिनुभयो ।

Facebook Comments Box
TOP