बसको ठक्करबाट बृद्धको मृत्यु ।
वालिङ:
बसको ठक्करबाट स्याङ्जामा एक बृद्धको मृत्यु भएको छ । बसबाट ओर्लेर सडक पार गर्ने क्रममा आफै सवार रहेको बसको ठक्करबाट बिरुवा गाउँपालिका–६ चिन्नेबास का ८१ बर्षीय दुर्गा बहादुर थापाको मृत्यु भएको हो ।
स्याङजा वालिङ नगरपालिका–८ मिर्दी स्थित सिदार्थ राजमार्गमा बुटवलबाट पोखरा तर्फ जाँदै गरेको ग. १ ख. ६२३७ नं. को बसले थापालाई ठक्कर दिएको हो । दुर्घटनामा गम्भिर घाईते भएका थापाको उपचारका क्रममा गह्रौं प्राथमिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।
दुर्घटना पछि बस र बसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
समाचार
थप सामाग्री
मलाई विश्वास गर्ने सम्पूर्ण मतदातामा धन्यवाद : भागवत प्रकाश मल्ल
४ दिन अगाडि
स्याङ्जा : नेपाली कांग्रेसको तर्फबाट स्याङ्जा २ मा उमेद्वारी दिनु भएका भागवत प्रकाश मल्लले आफूलाई विश्वास गरेर मतदान गर्नु हुने…


