स्याङ्जा : १५ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेर गर्भवती बनाउने एक जना पक्राउ
स्याङ्जा :
स्याङ्जामा १५ वर्षीय बालिकालाई जबरजस्ती करणीको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । स्याङ्जाकाे हरिनास ३ सिरिन्डाँडा बस्ने वर्ष २१ को रिम बहादुर थापालाई प्रहरीले पक्राउ गरेको हो । थापाले २०८० साल कार्तिकमा डर, त्रासमा पारी जबरजस्ती करणी गरी गर्भवती बनाएको भन्दै उजुरी परेपछि वैशाख २५ गते प्रहरीले पक्राउ गरेको हो । रातिको १० बजे युवतिमाथि जबरजस्ती गरेकाे प्रहरीकाे भनाइ छ ।
निजलाई पक्राउ गरी सम्मानित स्याङ्जा जिल्ला अदालतबाट दिन १० (दश) म्याद थप गरी अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री
मलाई विश्वास गर्ने सम्पूर्ण मतदातामा धन्यवाद : भागवत प्रकाश मल्ल
४ दिन अगाडि
स्याङ्जा : नेपाली कांग्रेसको तर्फबाट स्याङ्जा २ मा उमेद्वारी दिनु भएका भागवत प्रकाश मल्लले आफूलाई विश्वास गरेर मतदान गर्नु हुने…


