मैत्रीपूर्ण शिक्षक भलिबल प्रतियोगिता गर्दै फेदीखोला
प्रतियोगिता गाउँपालिकाको शैक्षिक क्यालेन्डर अनुसार माघ २६ र २७ गते हुने गाउँपालिकाका शिक्षा तथा खेलकुद शाखा प्रमुख रामचन्द्र गुरुङले बताउनु भयाे । शिक्षक विद्यार्थीको समन्वय तथा हार्दिक मैत्रीपूर्ण सम्बन्धको लागि कार्यक्रम सञ्चालन गर्न लागिएको उहाँले बताउनु भयाे । ‘विगत पाँच वर्षदेखि मैत्रीपूर्ण प्रतियोगिताको आयोजना गर्दै आएका छौँ,’ उहाँले भन्नुभयाे ।
प्रतियोगितामा गाउँपालिकाभित्रका दशवटा माध्यमिक विद्यालयबाट दशवटा शिक्षकहरुको टोली र आधारभुत विद्यालयका शिक्षकहरुबाट एउटा टोली गरि एघार टोलीले मैत्रीपूर्ण प्रतिस्पर्धा गर्नेछन् । प्रत्येक टोलीमा नौ–नौ जना सहभागि रहने उनले जानकारी दिए ।
समाचार
थप सामाग्री
मलाई विश्वास गर्ने सम्पूर्ण मतदातामा धन्यवाद : भागवत प्रकाश मल्ल
४ दिन अगाडि
स्याङ्जा : नेपाली कांग्रेसको तर्फबाट स्याङ्जा २ मा उमेद्वारी दिनु भएका भागवत प्रकाश मल्लले आफूलाई विश्वास गरेर मतदान गर्नु हुने…


