कर्मचारी यूनियनद्धारा सेवानिवृत्त कर्मचारीलाई सम्मान सहित बिदाई

स्याङ्जा :
नेपाल कर्मचारी यूनियन पुतलीबजार नगरपालिकाले सेवा निबृत्त कर्मचारीहरुलाई सम्मान तथा विदाई गरेको छ ।
लामो समयसम्म पुतलीबजार नगरपालिकामा सेवागरी हालै सेवानिबृत्त हुनु भएका डालबहादुर कुँवर र अणप्रसाद पौडेललाई कार्यक्रम आयोजनागरी सम्मान सहित विदाई गरिएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय एवं तत्कालिन जिल्ला विकास समिति तथा नगरपालिकाका बिभिन्न वडामा गरी २७ बर्ष सेवा गर्नुभएका डालबहादुर कुँबर र पुतलीबजार नगरपालिकामा २३ बर्ष सेवागरी निबृत्त हुनु भएका अणप्रसाद पौडेललाई दोसल्ला सहित सम्मानपत्रद्धारा सम्मान सहित विदाई गरिएको हो ।
सम्मान सहित विदाई कार्यक्रममा बोल्दै नगरप्रमुख तुलसीराम रेग्मीले लामो समयसम्म सरकारी सेवामा समर्पित दुबै जनाका आगामी दिन समाजसेवामा समर्पित गर्न सुझाव दिनुभयो । सरकारी सेवाका ज्ञान, सीप र अनुभवलाई समाजसेवामा लगानी गर्न समेत उहाको आग्रह छ ।
कार्यक्रममा उपप्रमुख देवी अर्याल, नेपा निजामति कर्मचारी यूनियन जिल्ला सचिव राजेन्द्र पराजुली, अपांग समाज गण्डकी प्रदेशका बिज्ञ सदस्य युवराज पराजुली, सम्मानित ब्यक्तित्व डालबहादुर कुँबर लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
नेपाल कर्मचारी यूनियनका अध्यक्ष रामप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव नेत्रनारायण अधिकारीले गर्नुभएको थियो ।
समाचार
थप सामाग्री
स्याङ्जामा ट्रक दुर्घटना चालक गम्भीर घाइते
२ दिन अगाडि
स्याङ्जा : पुतलीबजार नगरपालिका वडा नम्बर १० बरजामा बिहीबार ट्रक दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् । दुर्घटना ट्रक…