बाँदर नियन्त्रण : प्रयास, संभावना र उपाय ।

दिलिपप्रताप खाँण :
बाँदर जाती मानवपछिको दोस्रो चलाख जातीभित्र पर्दछ । संसारभरी धेरै प्रकारका बाँदरको प्रजाती भएतापनि नेपालमा मुख्य गरी रातो बाँदर र ढेंडु बाँदरको संख्या अत्याधिक छ । यो मध्ये पनि रातो बाँदरको संख्या बढी भएको र किसानहरुको खेती नष्ट गर्ने कार्यमा बढी सक्रिय रहेको छ ।
हाल कृषि क्षेत्रमा बाँदर, अत्यन्त समस्याकोरुपमा रहेको छ
बाँदरकैकारण गाउँ नै छाडेर हिंड्न परेको यथार्थ हाम्रो सामू छ बाँदरकै कारण धेरै कृषियोग्य भूमि बाँझो अवस्थामा रहेको छ
अहिले थप कृषि क्षेत्रमासमेत बाँदर आतङ्क बढेर वर्षेनी बाँझो जमिन बृद्धि हुने क्रम बढेको छ ।
हाल हाम्रो क्षेत्रमा आतङ्ककोरुपमा बढेको बाँदरको प्रजातीलाई– वैज्ञानिक नाम– ‘मकाका आसा मेन्सिस’ हो
जसलाई आसामी रातो बाँदर पनि भनिन्छ । यो ठूलो समूहमा हिंड्ने र अन्नबाली नष्ट गर्ने गर्दछ । थप फलफूल खेती र बाँदरले खाँदैन भनी गरिएका खेतीसमेत नष्ट गर्ने, घरमै भित्र्याएको बालीसमेत लुटेर लग्ने,
पकाएको खानासमेत खोस्ने, नयाँ नयाँ तरकिव निकालेर लुटपाटसमेत गर्ने, मान्छेले नियन्त्रण गरेका उपायसमेत बुझेर प्रतिरोधसमेत गर्ने गरेका छन् ।
यस प्रजातीका बाँदरहरुको संख्या अत्यन्त ठूलो छ । करिब थोरैमा ५० देखि ५०० सम्म र धेरै ठूलोमा एकहजारसम्मको बथानमा हिंडडुल गर्ने लखेट्दा नटेर्ने गर्छन् । बाँसको झ्याङमा बस्ने अथवा ठूला रुखमा बसेर किसानहरुलाई उल्टो जिस्क्याउने गर्छन् । कमजोर मानिस वा बालबालिका, महिलाहरुलाई आक्रमणसमेत गरेको पाईएको छ ।
नेपालको कानून अनुसार यस बाँदरको प्रजातीलाई संरक्षित बन्यजन्तुभित्र राखिएको छ । नेपालको कानून राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु ऐन २०२९ लाई मिति २०७५/११/१९ गते नेपालको संविधान अनुकुल बनाउन
केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन २०७५ लाई प्रमाणीकरण गरिएको छ । सोही संशोधित ऐनमा ब्यवस्था गरिएको दफा १० मा उल्लेख गरिएको ब्यवस्था अनुसार संरक्षित गरी सजायको ब्यवस्था गरिएको छ । सोही ऐनको अनुसूचि १ अनुसार संरक्षित बन्यजन्तुभित्र आसामी रातो बाँदर (मकाका आसा मेन्सिस)
उल्लेख गरिएकाले यस ऐनलाई संशोधन गर्नुपर्ने र नियन्त्रण गर्न बाधा अवरोध फुकाउनुपर्ने देखिन्छ ।
त्यसैगरी सोही ऐनमा रातो बाँदरकोबारेमा अध्ययन अनुसन्धान गर्नसमेत राजस्व-शुल्क रु. पन्ध्र हजार तिरेर अनुमति लिनुपर्ने बाध्यात्मक ब्यवस्था गरिएको छ । जवकी ढेंडु बाँदरकालागि रु. पाँच हजार छ । यसकारण कृषकहरुको मुख्य समस्याकोरुपमा रहेको बन्यजन्तुको नाममा रहेको
बाँदर आतङ्कलाई नियन्त्रण गर्न कानूनीरुपमा नै हालको ऐन नियमलाई संशोधन गर्न जरुरी छ । ऐनमा विविध उपाय अपर्ना नियन्त्रण गर्न सकिने प्रावधान राख्नुपर्छ ।
कृषि क्षेत्रमा रहेको बाँदर आतङ्कलाई नियन्त्रण गर्न धेरै प्रकारका उपायहरु छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यास, विधिका साथमा हालसम्म कारकार उपायहरुको अध्ययन गरार्य सस्तो र प्रभावकारी उपायहरु अपनाउनुपर्ने देखिन्छ ।
हामी वालिङ नगरपालिकाले २०७७ सालमा निम्न अनुसारको उपायहरु अपनाउने गरी नीति तथा कार्यक्रम राखेको र
यसलाई ७ वर्षभित्र कार्यान्वयन गर्न सकिन्छ ।
- बाँदरको खाना, फलफूलका बोटहरु (डुम्री, केरा, मेवा, आरु, नासपाती, आल्चा, खनियो आदि) जंगलमा रोपण गर्ने ।
- बर, पीपल र स्वमीका बिरुवाहरु हरेक सडकमा रोपण गर्ने ।
- अनावश्यक बाँस, झाडी र बाँदरका बासस्थानका रुखहरु कटान गर्ने ।
- जमिन बाँझो नराख्नकालागि विशेष कार्यक्रम सभामा प्रस्तुत गर्ने । बाँदरले नखाने बाली लगाउने ।
- बाँदरको गर्भनिरोधक (ल्याप्रोस्कोपी र भ्यासेक्टोमी) उपाय अपनाउने ।
- रेबिज तथा अन्य रोगहरुको खोप लगाई सुरक्षित गर्ने ।
- बाँदर तर्साउने आवाज आउने प्लाष्टिक बन्दुक बनाउने ।
- प्लाष्टिकको गोली लाग्ने–प्लाष्टिक बन्दुक बनाउने ।
- अल्ट्रासोनिक साउण्डबाट नियन्त्रण गर्ने ।
- बाघको आवाज सुनिने गरी स्पिकरको प्रयोग गर्ने ।
- जैविक उपायको अध्ययन गरी नियन्त्रण गर्ने ।
- मकानिकल उपायको अध्ययन गरी नियन्त्रण गर्ने ।
- बाँदरको उपयोगको परम्परागत सीपको अध्ययन गरी उपयोग गर्ने ।
- बाँदरलाई आधुनिक तालिम दिई अन्य देशहरुले गरेका उपलब्धीको अध्ययन गराई कृषि कार्य, सरसफाई कार्यमा उपयोग गर्ने ।
- पशु अधिकारको हनन् नहुने गरी बाँदरमैत्री तर नियन्त्रणको विधिमार्फत कार्यहरु गर्ने ।
अन्य धेरै अरु राम्रा र परिष्कृत उपायहरु हुनसक्छन् जसलाई नयाँ विधि र पुराना सीपहरुद्वारा नियन्त्रण गर्न सकिन्छ । हाम्रो क्षेत्रमा पनि गोरुहरुलाई दाउने (तालिम दिने) विधिद्वारा हलो जोत्न उपयोग गरिन्छ । घोडा, हात्ती र खच्चडजस्ता जन्तुलाई तालिम दिएर उपयोग गर्न सकिन्छ । त्यस्तै कुकुर, बिरालो आदिलाई तालिम दिएर उपयोग गर्न सकिन्छ ।
भारतीय सीपद्वारा बाँदरलाई नाँच्न सिकाई चटक देखाईन्छ । आसियन देशहरुमा तालिम दिएर नरिवल तथा अन्य फलफूल टिप्न सिकाईन्छ ।
मानिसपछिको बुद्धिमान जन्तुकोरुपमा बाँदरलाई लिईन्छ । त्यसैले यस्ता जन्तुहरुलाई
तालिम दिन र नियन्त्रण गर्न विशेष सीपको आवश्यकता पर्छ । अन्य देशहरुले विकास गरेका राम्रा सीपहरुको हस्तान्तरण गर्न जरुरी छ ।
द्वापर युगमा भगवान रामचन्द्रले बानर सेना तयार गरेको प्रसंग छ । वास्तवमा यो संभव छ । त्यसैले बाँदर समस्या हो भने समाधान पनि छ । बाँदरलाई कसरी हामीले उपयोग गर्ने ? उपयोग गर्ने कलाको विकास गर्न जरुरी छ ।
हामीले समस्याकोरुपमा रहेको बाँदरलाई उपयोग गर्ने नीति लिएर विभिन्न प्रकारका संस्थागत विकास गरी आर्थिक विकासमा प्रयोग गर्न सकिन्छ ।
वालिङ नगरपालिकाले संयुक्त राष्ट्र संघको विकास नियोग -UNDP_ मा Waling Monkey Training School को अवधारणासहित सहयोगकालागि प्रस्ताव पेश गरेका छौं । यसबाट सयौं बाँदरहरुलाई शहरी क्षेत्रमा र ग्रामीण क्षेत्रमा प्लाष्टिकजन्य फोहोर (श्रोत) लार्य टिप्ने, संकलन गर्ने कार्य गराउन सकिन्छ । त्यस्तै कृषि क्षेत्रमा सुन्तला, कागती टिप्ने, एभोकार्डो, लिची, ओखर, लप्सी आदि फलफूल टिप्ने गरी तालीम दिएर Post Harvesting सुधार गर्न सकिन्छ । त्यस्तै झार च्यात्न, गोडमेल गर्न र अन्य रचनात्मक कार्यहरु गर्न तालिम दिन सकिन्छ । यस्ता कार्यले कृषि क्षेत्रमा र सरसफाई क्षेत्रमा रहेको मानव संसाधनको अभावलाई पूर्ति गर्न सकिन्छ । साथमा अत्यन्त सस्तोमा उपलब्ध हुने छ । मानिस प्रयोग गर्दा दैनिक न्यूनतम एकसय ज्याला लाग्ने छ भने बाँदर प्रयोग गर्दा एकसय रुपैयाँ (एकसयको खाना ले बाँदरलाई पुग्छ)

खर्चमा कार्य गराउन सकिन्छ । यसरी समस्याकोरुपमा रहेको बाँदरलाई समाधानकोरुपमा प्रयोग गर्न सकिन्छ । तालिमप्राप्त बाँदरलाई अन्य क्षेत्रमा बेच्न सकिन्छ । यसबाट बाँदरलाई तालिम दिने सीप (कला) को विकास हुनेछ र संस्थागत -School_विकासले अरु थ कलामा सुधार र निरन्तर विकास गर्दै लाग्न सकिने छ ।
प्राचीनकालदेखि नै बाँदरलाई घरपालुवा जन्तुकोरुपमा उपयोग गरेको प्रमाणहरु फेला परेका छन् । यो अन्य जन्तुभन्दा बुद्धिमान हुने भएकाले त्यही प्रकारको ब्यवहार गर्नुपर्ने हुन्छ । ईन्डोनेशिया, मलेसिया र थाईल्याण्डमा Post Harvesting उपयोग गरेका छन् भने नेपालमा पनि सरसफाई र कृषि क्षेत्रमा उपयोग गर्न सकिन्छ । बाँदरलाई राम्रो तालिम दिएको खण्डमा देशमा हुने दंगाहरु नियन्त्रणमा प्रयोग गर्न सकिन्छ । नियमित स्वास्थ्य जाँच गरी मानवलाई हानी नहुने तर दंगा प्रहरीको स्थानमा प्रयोग गर्दा राष्ट्रिय खर्चमा कटौती भई विकास निर्माणमा लगाउन सकिन्छ ।
त्यस्तै राष्ट्रिय विपद वा स्थानीय विपदमा प्रयोग गर्न सकिन्छ । बाढी र पहिरोमा मान्छेभन्दा छिटो छरितोरुपमा उद्धारमा प्रयोग गर्न, आगलागीमा उद्दार गर्न, उपकरणहरु छिटो छरितोरुपमा
जोखिम स्थानमा पु¥याउन पनि प्रयोग गर्न सकिन्छ ।
अरु नयाँ अध्ययन, अनुसन्धान गरी उच्चस्तरको तालिमको विकास गरी विकास निर्माणमासमेत प्रयोग गर्न सकिन्छ ।
(खाँण वालिङ नगरपालिकाका निवर्तमान् नगरप्रमुख तथा नेपाली कांग्रेस स्याङजा क्षेत्र नं. २ का क्षेत्रीय सभापति हुनुहुन्छ ।) फाईल : तस्विर
समाचार
थप सामाग्री
महिलालाई उत्पादनमा जोड्न बाख्राका पाठापाठी वितरण ।
१ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङ नगरपालिका–२ का महिलाहरुलाई उत्पादनमा जोड्न बाख्राको बीउ पाठी उपहार स्वरुप वितरण गरिएको छ । स्थानीय तिलडाँडा…