स्याङ्जा : पतिङ्गर जलाउने क्रममा आगोमा जलेर हरिको मृत्यु

स्याङ्जा :

स्याङ्जामा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।

फेदीखोला गाउँपालिका वडा नं. १ नैखुस्थित बारीमा पात पतिङ्गर जलाउने क्रममा आगोमा जलेर पोखरा महानगरपालिका वडा नं. १७ बेलघारीका ३३ वर्षीय हरि नेपालीको मृत्यु भएको हो ।

उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Facebook Comments Box
TOP