जर्मनी र स्पेनको खेल एक-एक गोलको बराबरी , जर्मनीले अन्तिम खेल जित्नैपर्ने ।

काठमाण्डौ:

फिफा विश्वकप २०२२ मा पूर्व विजेताद्वयको भिडन्तमा जर्मनी र स्पेनले एक एक गोलको बराबरी खेल्दै अंका बाँडेका छन्।

बराबरीसँगै जर्मनीको अन्तिम १६ को आशा जीवित बनेको छ भने स्पेन सहज अवस्थामा छ।

समूह ‘ई’ को यो खेल पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। खेलको ६२ मिनेटमा स्पेनले मोराटाको गोलबाट अग्रता लियो। उनलाई जोर्डी अल्बाले पास उपलब्ध गराएका थिए।

त्यसपछि दबाबमा परेको जर्मनीले ८३ मिनेटमा बराबरी गोल फर्काउन सफल भयो। उसका लागि फुलक्रुगले गोल गरेका थिए।

बराबरीसँगै समूहको शीर्षमा स्थानमा रहेको स्पेनको चार अंक भएको छ। दोस्रो स्थानको जापान र तेस्रो स्थानको कोस्टारिकाको तीन तीन अंक छ। जर्मनी एक अंक जोडेर पुछारमा छ।

अब अन्तिम चरणमा जर्मनी र कोस्टारिका तथा जापान र स्पेनबीच खेल हुनेछ। स्पेनबाहेक अरु तीन टिमलाई अन्तिम १६ मा पुग्न जित आवश्यक छ। कोस्टारिकालाई हराएको जर्मनीले अन्तिम १६ मा पुग्ने जापानको पनि हारको कामना गर्नु पर्नेछ।

 

Facebook Comments Box
TOP